काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा पुन नियुक्त हुने भएका छन्। शर्माले आजै अर्थमन्त्रीको सपथ लिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा छलफल गरेर आज प्रधानमन्त्री शेरबहादुर देउवालाई शर्मालाई नै अर्थमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका छन् ।
प्रधानमन्त्रीले शर्माको नाम राष्ट्रपति निवास पठाएपछि आजै उनले पद तथा गोपनियताको सपथ लिने भएका हुन् ।
शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते राजीनामा दिएका थिए ।
सोहि दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति निर्माण भएको थियो। छानबिन समितिले उनीमाथि छानबिन गर्ने क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निस्कर्ष निकालेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्