काठमाडौँ । खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रुपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपाल (LIC Nepal ) सँग सहकार्य गरेको छ। विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा थपेको छ जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको छ ।
प्रिमियम तिर्नका लागि प्रयोगकर्ताहरूले LIC Nepal को वेबसाइट मा गई भुक्तानी विधिको रूपमा ‘खल्ती’ प्रयोग गरी आफ्नो भुक्तानी प्रक्रिया पूरा गर्न सक्नेछन्। ‘खल्ती’ का प्रमुख कार्यकारी निर्देशक विनय खड्काका अनुसार,’ हाम्रो प्लेटफर्ममा एलआईसी नेपाल थप्नु हाम्रो लागि बिमा शुल्क सङ्कलनलाई सरल र प्रभावकारी बनाउन एउटा प्रमुख उपलब्धि भएको छ, म विश्वस्त छु कि यस सहकार्यबाट प्रयोगकर्ताहरूलाई पूर्ण रूपमा फाईदा हुनेछ।’ रु. ५००० माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती ‘ केवाईसि भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ।
भर्खरै स्टार्ट-अप सक्सेस अवार्डबाट सम्मानित, खल्ती आफ्नो सेवाको छैठौं वर्षमा छ। नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको छ । देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार+ एजेन्ट नेटवर्कको प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। www.khalti.com/app बाट खल्ती डाउनलोड गर्न सकिन्छ। थप जानकारीको लागि, कृपया PR संयोजक-आकृती शर्मालाई [email protected] मा इमेल गर्नुहोस्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्