काठमाडौँ । खल्तिले एस.ई.ई विद्यार्थीहरुको नतिजा हेर्ने प्रक्रियालाई सरल बनाउने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग सहकार्य गरेको छ । यस सहकार्य संगै अव एस.ई.ई २०७८/७९ ब्याचका विद्यार्थी र अभिभावकहरुले सजिलै र नि:शुल्क खल्ती मार्फत् नतिजा हेर्न सक्नेछन्। नतिजा हेर्नका लागि प्रयोगकर्ताले खल्ती एपमा गई एस.ई.ई रिजल्टमा ट्याप गरि आफ्नो सिम्बोल नम्बर र जन्म मिति राख्नुपर्नेछ। राखिएको सबै विवरण ठिक भएमा एस.ई.ई को नतिजा तुरुन्तै उपलब्ध हुनेछ ।
यस सेवाको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘एसएलसी को नतिजा पत्रिकामा हेर्नुपर्ने समय परिवर्तन भएर एसएमएस बाट हेर्न मिल्ने भएको प्रक्रियामा सहजता महसुस भएको थियो। अहिले हामी खल्ती एप बाटै नि: शुल्क नतिजा हेर्न मिल्ने समय सम्म आईपुगेका छौँ र यो प्रविधिमा ठुलो रूपान्तरण हो।’
नेपालको फिनटेक उद्योगमा खल्तीले आफूलाई युवा, प्रचलित र नवीन ब्राण्डको रूपमा स्थापित गर्न सफल भएको दाबी गरेको छ। करिब छ वर्षको अवधिमा खल्तीले देशभर २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरु साथमा ५० हजार भन्दा धेरै एजेन्ट नेटवर्कका प्रयोगकर्ताहरू बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाईन सपिङ साईटमा भुक्तानी गरि यी सेवाहरुको डिजिटल भुक्तानीसेवा दिँदै आएको छ। यति मात्र नभई विभिन्न साना तथा ठुला व्यापारलाई पनि भुक्तानी सेवा उपलब्ध गराई अनलाइन व्यावशायलाई प्रोत्साहन गर्दै आइरहेको थियो । खल्ती एप डाउनलोड गर्न यहाँ क्लिक गर्न सकिनेछ ।
http://kk5.io/DownloadKhalti
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्