काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमाथि कडा टिप्पणी गरेका छन् । उनले आगामी आर्थिक बर्षको बजेटमा दुई चारजनाको अनुहारमात्र देखिएको टिप्पणी गर्दै सो बजेट देशको बजेट नभई केही घरानाको जस्तो मात्र भएको टिप्पणी गरेका हुन् ।
‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ संसदमा बोल्दै उनले भने-‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुनेगरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’बजेट निर्माणमा अनधिकृत मान्छे राखेर निश्चित घरानाका व्यक्तिले भने अनुसार नै करको दर निर्धारण गरिएको भन्दै उनले यस विषयमा गभीर भएर छानविन गर्नुपर्ने बताए । ‘करका दर फाइनल हुने दिन अर्थ सचिव, सम्बन्धित सहसचिवहरु घर जानसमेत पाउँदैनन्, त्यहीँ रात बस्नुपर्छ । यहाँ त करका दर कति राखौं, तिमीहरुलाई कति कति चाहिन्छ …?’ संसदमा बोल्दै उनले भने ।

ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताउंदै त्यसको प्रतिवेदन संसदमा आउनुपर्नेसमेत बताएका छन् ‘यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ ओलीले संसदमा भने -‘प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो जे भए पनि ? कि गठबन्धन जोगाएपछि पुग्छ, देश बर्बाद होस् जहाँ सुकै पुगोस् ।’

अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुटेजको प्रसङ्ग पटक पटक निकालेका ओलीले बजेटमा अनधिकृत व्यक्तिको प्रवेशको विषयमा एमालेले प्रश्न उठाउँदा अर्थमन्त्रीले धम्कीको भाषा बोलेको भन्दै ओलीले आपत्ति जनाए ।‘फुटेज डिलिट गर्न पाइन्छ ? कर्तव्य हुन्छ, आफ्नो स्वच्छता प्रमाणित गर्ने, आउनुस् फुटेज हेरौं, आउनुस् छानबिन गरौं मन्त्रीले यो भन्न सक्नुपथ्र्यो, तर किन माग्दैमा दिने भनेर ललकार्ने ? ‘एमाले को हो ?, हामीले गरेको स्वेच्छाचारिताविरुद्ध प्रश्न गर्ने को हो भनेर ललकार्ने ?’ ओलीले भने- ‘यो त विश्वमै नभएको, बाहिरिया मान्छे राखेर बजेट बनाउने कुरा कल्पनै गर्न सकिदैन, यस्तो हुँदा पनि …राज्य एउटा थितिमा चल्नुपर्दैन ?’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्