काठमाडौं । कृषि विकास बैंक लिमिटेडले १५२ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले स्थायी पदपूर्तिका लागि १५२ जना कर्मचारी भर्ना गर्ने भएको हो । लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।
बैंकले शुक्रबार एक सूचना प्रकाशित गदैं ५ अधिकृत, ४७ व्यवसाय अधिकृत, १७ कम्युटर अधिकृत, तीन सिभिल इन्जिनियर र १२ कर्जा अधिकृत मागेको छ । त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखापालका लागि दरखास्त आह्वान भएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात संकलन गरी साउन १२ भित्र आवेदन दिन सक्नेछन् ।