×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी बैंकको खुद नाफामा १.७६ प्रतिशतले वृद्धि हुँदा ईपीएसमा गिरावट, कस्ता छन् अन्य सुचक ? (विवरणसहित)

GLOBAL IME BANK

लक्ष्मी बैंकको खुद नाफामा १.७६ प्रतिशतले वृद्धि हुँदा ईपीएसमा गिरावट, कस्ता छन् अन्य सुचक ? (विवरणसहित)

७ श्रावण २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । लक्ष्मी बैंकमा निष्क्रिय कर्जा बढ्दा खुद नाफामा झिनो सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा पुर्याएको लक्ष्मी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ६० करोड ३५ लाख रुपैँया खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १.७६ प्रतिशत बढी हो ।

यसो त बैंकको दुख ब्याज आम्दानीमा भने वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १८.२७ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ८.५५ प्रतिशत पुगेको छ । त्यस्तै बैंकको कुल सञ्चालन आम्दानीमा ८.१७ प्रतिशतले वुद्धि भएको छ । बैंकको निष्क्रिय कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेसँगै सञ्चालन मुनाफामा दबाब परेको बैंकको अनुमान रहेको छ । सोही अनुसार बैंकको सञ्चालन मुनाफा २.१७ प्रतिशत मात्र बढेको प्रकाशित वित्तीय विवरणमा उल्लेख गरिएको छ । त्यस्तै गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड ५२ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफामा झिनो सुधार भएको देखिएतापनि प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । समीक्षा अवधिमा बैंकको सो आम्दानी ८५ पैसा घटेर १३.८८ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष ११.१६ प्रतिशत घटेको छ । बैंकको निक्षेप १९.६७ प्रतिशत र कर्जा भने २१.६६ प्रतिशतले वृद्धि भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: