काठमाडौं । लक्ष्मी क्यापिटलले म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले साउन १९ गतेदेखी ‘लक्ष्मी म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने ‘शुभ लक्ष्मी कोष’ निष्काशन गर्न लागेको हो ।
क्यापिटलको सो योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुला बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्काशन गर्नेछ । सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गर्न लागेको क्यापिटलले जनाएको छ ।
निष्कासन गरिने इकाईको लागि साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति भदौ २ गतेसम्म लम्बिन सक्ने जानकारी दिँदै क्यापिटलले लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ र अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिने व्यवस्था रहेको जनाएको छ ।
सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्