काठमाडौँ । बिराटनगरका चार्टड एकाउन्टेन्ट मनोज अधिकारीलाई ‘एम अधिकारी’ बनाउने एमालेको प्रयास असफल हुने देखिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी हुन् भन्दै चौतर्फी विरोध भएपछि एमालेले बिराटनगरका सिए मनोज अधिकारीलाई एम अधिकारी उनै हुन् भन्ने दाबी गरेको थियो । तर उनी सम्पर्कविहीन भएपछि एमाले नयाँ एम अधिकारीको खोजीमा लागेको पाइएको छ ।
यसअघि एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले मनोज अधिकारी नै नेकपा एमालेका अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी रहेको दाबी गरेको थियो । तर उनी सम्पर्कविहीन भएपछि उनले नमानेको खण्डमा ‘ब्याकअप’मा अन्य केहि एमबाट नाम आउने, अधिकारी थरका व्यक्तिहरुलाई एमालेका जिल्ला नेताका तहबाट छलफल भएको र त्यसको रिपोर्ट केन्द्रसम्म आईरहेको बुझिएको छ ।
‘मनोज अधिकारीले अन्तिममा म होइन भन्दिनुभयो भने अर्को एम अधिकारी त चाहियो । हामीले महेश अधिकारी नाम गरेका व्यक्तिसँग छलफल गरिरहेका छौं ।’ एमालेका एक जिल्लास्तरका नेताले भने- ‘माथिबाट छलफल गरी जानकारी दिनु भन्ने सन्देश आएको छ । हेरौँ के हुन्छ ?’
यसो त मनोज अधिकारी नै एम अधिकारी भएको चर्चा सुरु भएपछि मनोज अधिकारीकै केहि एम बाट नाम आउनेहरुले पनि ‘एम अधिकारी म हो भनिदिन्छु, पार्टीमा कुरा गर्नु’ भनेपछि एमाले थप तयारीमा लागेको हो ।
उनले केन्द्रिय कार्यालयका सचिव डा. भीष्म अधिकारीले एम अधिकारी भनेको मनोज अधिकारी नै भएको भन्दै मिडियामा आइसकेकाले अहिलेका लागि आफ्नो नाम उल्लेख गर्नु ‘रिस्की’ हुने भन्दै यस विषयमा थप कुरा गर्ने समय नरहेकोसमेत बताएका छन् । एमालेले सल्लाह गरिरहेका महेश अधिकारी नामका ती व्यक्ति पनि अर्थतन्त्रसम्बन्धि जानकार नै व्यक्ति रहेको उनको भनाई छ । ‘मनोज अधिकारीले मै हो एम अधिकारी भनिदिएको भए सजिलो हुन्थ्यो ।उहाँ सम्पर्कविहीन भएपछि समस्या देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्