Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा वीरगंजबाट दुई जना पक्राउ

अर्थ सरोकार

काठमाडौं । प्रहरीले एटीएम मेसिन फुटाईरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फोड्दै गरेको अवस्थामा प्रहरीले उनीहरु पक्राउ गरेको थियो ।

बारा जितपुर सिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका घर भएका २७ वर्षीय राजकपुर चौधरी आइतबार राती पक्राउ परेका हुन् ।

उक्त बैंकको एटिएम मेसिन फुटाउँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले उनीहरूलाई एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई हिरासतमा लिएर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK