काठमाडौँ । मंगलम ग्रुपका प्रबन्ध निर्देशक अभिनव चुरिवाल कर्पोरेट बिजनेस एक्सेलेन्सी अवार्डबाट सम्मानित भएका छन्। अवार्ड सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले प्रदान गरेका थिए । कर्पोरेट म्यागजिनद्वारा मंगलबार होटल र्याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड समारोहमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो। आफ्नो व्यवसायमा उत्कृष्ट योगदान पुर्याउने व्यवसायीलाई सम्मान गर्दै दिइने यो अवार्ड कर्पोरेट म्यागेजिनले हरेक वर्ष एक समारोह आयोजना गरि प्रदान गर्ने गर्दछ ।
कार्यक्रममा चुरिवालको साथ-साथै ईश्वरलाल प्रतिष्ठानका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्षहरु उर्मिला श्रेष्ठ र दिपक मल्होत्रा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी सदस्य हेमराज ढकाल, डिस होमका प्रबन्ध निर्देशक सुदिप आचार्य लगायतका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्