Skip to content
LAXMI SUNRISE BANK

फाइनल वेट : ‘विवादित’ गभर्नरले कस्तो ल्याउलान् मौद्रिक नीति ? 

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७९-८० सालको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने भएको छ । शुक्रबार बिहान भएको संचालक समितिको बैठकले मौद्रिक नीति पास गरेसँगै दिउँसो ४ बजेपछि राष्ट्र बैंकबाटै नीति सार्वजनिक गरिने भएको हो । नीति सार्वजनिक कार्यक्रमक लागि सम्पूर्ण तयारी सकिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तय भएसँगै यसको चौतर्फी बहस सुरु भएको छ । मौद्रिक नीतिको ड्राफ्ट चुहिएको आशंका र नीतिबारे विभिन्न संचारमाध्यममा विभिन्न खाले अड्कलबाजीसहितका समाचारहरु आउन थालेपछि यो बहस झनै पेचिलो भएको छ ।

अझ ‘एम अधिकारी’ प्रकरणमा मुछिएका गभर्नरले नै मौद्रिक नीति ल्याउने भएपछि यो विषय बहसको विषय बनेको छ । सामाजिक संजालमा राजिनामा दिनुपर्ने गभर्नरले मौद्रिक नीति ल्याउन लागेको भन्दै चर्को विरोधसमेत भईरहेको छ । नेकपा एमालेले आफ्नो अर्थ तथा योजना विभाग सदस्यमा ‘एम अधिकारी’को नाम उल्लेख गरेसँगै गर्भनर महाप्रसाद अधिकारी विवादमा तानिएका छन् । एमालेको उक्त विभागमा उल्लेख गरिएको ‘एम अधिकारी’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको ठहर गर्दै विद्यार्थी संगठनहरुले आन्दोलन समेत गर्दै आएका छन् ।

बिहिबार मात्रै काठमाडौंसँगै देशभरका विभिन्न ठाउँमा विद्यार्थी संगठनहरुले गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै पुत्ला दहन, कार्टुन प्रदर्शनसमेत गरेका थिए । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा १ दिन अगाडी नै देखिएको उक्त आक्रोशले मौद्रिक नीति ल्याउने गभर्नरप्रति जनता आक्रोशित छन् भन्ने बुझ्न गाह्रो छैन ।

मौद्रिक नीतिका बारेमा के भन्छन् नागरिक ?
शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएसँगै नीतिप्रति धेरेको चासो बढेको छ । ‘एम अधिकारी’ प्रकरणमा मुछिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै नीति प्रस्तुत गर्ने भएसँगै आउन लागेको मौद्रिक नीतिको व्यापक आलोचना हुने सम्भावना पनि छ । शुक्रबार आउने मौद्रिक नीतिप्रति कसैले सकरात्मक विचार प्रस्तुत गरेका छन् भने कतिपयले विवादित गभर्नरले मौद्रिक नीति ल्याउन लागेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

‘यसपालीको मौद्रिक नीति जनातालाई सहज हुने खालको आउनुपर्छ ।’ सामाजिक संजालमा अर्थ सरोकारको मौद्रिक नीतिसम्बन्धि समाचार पढेर आफ्नो प्रतिक्रिया प्रस्तुत गर्दै सिद्धनाथ जोशी लेख्छन् –  ‘कोरोना माहामारी र युक्रेन–रसियाबीचको युद्धले प्रभावित बनाएको देशको अर्थतन्त्रलाई सम्बोधन हुनेगरी गभर्नरले नीति ल्याउनुपर्छ ।’

यता सामाजिक संजालका अर्का प्रयोगकर्ता तपेन्द्र शाहीको तर्क भने नैतिक हिसाबले अहिलेका गभर्नर मौद्रिक नीति ल्याउने नैतिक हैसियतमा नभएको तर्क गर्छन्  । ‘नेपालका मन्त्री, कर्मचारी कत्तिपनि लाज नभएका रहेछन्। राजिनामा दिनुपर्नेबेलामा लाजै पचाएर कुर्सिमा बसेर नीति नै आफै प्रस्तुत गर्न थालेछन् । यो चाहिँ नैतिकताले सुहाएन कि ?’ उनले सामाजिक संजालमा लेखेका छन् ।
अर्कोतिर गनर्भर अधिकारीको विरोधमा उत्रिएकाहरु भने गभर्नरले नैतिकताका आधारमा पनि राजिनामा दिनुपर्ने तर्क प्रस्तुत गरेका छन् । ‘यतिधेरै विवादित हुँदापनि आफै नीति प्रस्तुत गर्न तम्सिनुले गभर्नरमा नैतिकता रहेनछ भन्ने पुष्ठी गर्छ।’ सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सन्दिप तिमिल्सेनाले भने, ‘एमालेका गभर्नरले गतिलो नीति ल्याउलान् भन्नु हावाको कुरा हो । गर्न केही सकिदैन । अब हेरेर बस्ने हो । जस्तो नीति आउँछ स्विकार गर्ने हो ।’
यसो त गभर्नर जस्तो गरिमामय पद राजनीतिक दलसँग जोडिनु दुर्भाग्य रहेको भन्दै विद्यार्थी संगठनहरु पनि सडकमा उत्रिएका छन् । विवादित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउ गर्दै केशव प्रसाद गौतम भन्छन्– ‘कालो ३० करोड डलरलाई सेतो बनाउन नमानेकाले महाप्रसादको विरोध गरिरहेका छन् । जुन, गठबन्धन सरकारको नियोजित प्रपञ्च हो ।’
शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नरले ल्याउने मौद्रिक नीति कसिलो हुने अनुमान गरिएको छ । मौद्रिक नीति आएसँगै नीतिसम्बन्धि थप विवाद हुने प्रष्ट देखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK