काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ । आर्थिक वष २०७९–८० सालको मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरेको जनाएका छन् ।
सो अनुसार धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था गरिएको छ । त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्जा केन्द्रिकरण घटाउने बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर)को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । यसको अर्थ अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ ।
मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्थाका लागि धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले प्रयास पनि गरेका थिए । अन्ततः उनको सो प्रयास सफल भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्