×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिः काउन्टर साइक्लिकल बफर लगाउने राष्ट्र बैंकको घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मौद्रिक नीतिः काउन्टर साइक्लिकल बफर लगाउने राष्ट्र बैंकको घोषणा

Artha Sarokar

६ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने घोषणा गरेको छ । आर्थिक वष २०७९–८० सालको मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर अधिकारीले काउन्टर साइक्लिकल बफरलाई २०८० साल असार मसान्तसम्ममा कार्यान्वयनमा लैजाने घोषणा गरेका छन् ।

२०७६ सालको मौद्रिक नीतिमा २ प्रतिशत बिन्दुले काउन्टर साइक्लिकल बफर लगाउने नीति थियो । २०७६ सालमा कोरोना आएपछि ऋण बढाउनुपर्ने भएको हुँदा यसलाई राष्ट्र बैंकले स्थगित गरेको हो ।

त्यस्तै नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरेको जनाएका छन् ।

सो अनुसार धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था गरिएको छ । त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्जा केन्द्रिकरण घटाउने बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर)को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । यसको अर्थ अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी