काभ्रेपलान्चोक । नेपालको लघुवित्त क्षेत्रको चिर-परिचित राष्ट्रिय स्तरको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण शभा शुक्रबार धुलिखेलको होटल सारथिमा सम्पन्न भएको छ । पानसमा दिप प्रज्वलन गर्दै विशेष साधारण शभाको उद्धघाटन वित्तीय संस्थाका संचालक समितिका अध्यक्ष एवम् विशेष साधारण शभाका शभाध्यक्ष टेक बहादुर बोहराले गरेका थिए। संस्थाका संचालक एवम् मर्जर एक्विजिसन समितिका संयोजक सन्तोष फुयालले स्वागत मन्तब्य राखेका थिए।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा संयोजक फुयालले वित्तीय संस्थाले दुई आर्थिक वर्षको दौरान नागबेली र स्वेडा लघुवित्त संस्थाहरुलाई प्राप्ति गरिसकेको र यस पटक भैरहवामा केन्द्रीय कार्यालय रहेको बुद्ध ज्योति लघुवित्त वित्तीय संस्था लिमिटेड लाई प्राप्ती गर्ने प्रयोजनका लागी बोलाइएको विशेष साधारण बोलाइएको बताएका थिए । यसैगरी संस्थाका संचालक समिति अध्यक्ष टेक बहादुर बोहराले बुद्ध ज्योति लघुवित्त वित्तीय संस्थालाई स्वाप रेशियो १:०.७६ मा प्राप्ति गर्न विशेष प्रस्ताव पारित सभा समक्ष प्रस्ताव गरेकोमा शभाले सर्वसम्मत अनुमोदन गरेको छ ।
अध्यक्ष बोहराले संस्थाले चालु आर्थिक बर्षमा ३५ प्रतिशतले निक्षेप, ३३ प्रतिशतले कर्जा र ४ प्रतिशतले नाफा बृद्दी गर्न सफल भएको बताए। साथै यस कार्यमा प्रत्यक्ष-परोक्ष सहयोग तथा सुझाव दिने सम्पूर्ण सरोकारवालामा धन्यबाद व्यक्त गरेका थिए । सेयरधनीहरुको तर्फबाट मन्तव्य राख्दै संस्थाका सेयरधनी शिव प्रसाद पौडेलले संस्थाको उपलब्धिको प्रशंशा गर्दै बुद्ध ज्योति संगको एकीकृत कारोबारको लागी शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनि सचिव पुष्कर राज जोशीले गरेका थिए । शभामा संस्थापक सेयरधनी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । प्राप्ति पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी ५४ करोड १२ लाख पुग्ने संस्थाले जनाएको छ । २०७९ आषाढ ३० को रिपोर्ट अनुसार लगानीमा रहिरहेको कर्जा ८ अर्ब ८१ करोड र निक्षेप संकलन तर्फ २ अर्ब ६८ करोड रहेको वित्तीय संस्थाले देशभर ६१ जिल्लाहरुमा १४८ वटा शाखा संजाल मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको संस्थाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्