×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तको खुद नाफा ८.०१ प्रतिशतले बढ्दा अन्य सुचकको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मिर्मिरे लघुवित्तको खुद नाफा ८.०१ प्रतिशतले बढ्दा अन्य सुचकको अवस्था कस्तो ?

Artha Sarokar

१३ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ८.०१ प्रतिशतले वृद्धि भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुनालमा लघुवित्तको खुद नाफामा ८.०१ प्रतिशतले बढोत्तरी भएको हो ।

अघिल्लो वर्षको समिक्षा अवधिमा लघुवित्तले कुल २० करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफामा सामान्य बढोत्तरी भएको लघुवित्तको प्रक्षेपण रहेको छ । लघुवित्तको कुल संचालन नाफामा १५.४४ प्रतिशतले वृद्धि भएको छ भने खुद ब्याज आम्दानी २१.४५ प्रतिशत बढेको छ ।

मिर्मिरे लघुवित्तको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ १२ पैसाले घटेर ३९ रुपैयाँ ८८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ५६ पैसा कायम भएको छ । असार मसान्तसम्म आइपुग्दा कम्पनीको निक्षेप संकलन ४५.५९ प्रतिशत र कर्जा लगानी ३३.१२ प्रतिशतले विस्तार भएको छ । लघुवित्तको खराब कर्जा भने घटेर १.६५ प्रतिशतमा पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी