×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली मुद्रा इतिहासकै कमजोर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाली मुद्रा इतिहासकै कमजोर !

Artha Sarokar

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ । उच्च मागका कारण अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको हो ।  नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १२८ रुपैयाँ ११ पैसा कायम भएको छ ।
 
यो हालसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १२७ रुपैयाँ ५१ पैसा कायम भएको छ । असार १६ मा १२६ रुपैयाँ ६६ पैसा रहेको १ डलरको मूल्य २० असारमा १२६ रुपैयाँ ६३ पैसामा झरेको थियो ।  यता, डलर दिनदिनै बलियो बन्दै गएपछि यसको भाउ युरोको बराबरी नजिक आइपुगेको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ ।
 
भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुनेगर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । नेपाली रुपैयाँ कमजोर हुँदा डलर तिरेर गरिने निर्यात महँगो पर्छ भने बैदेशिक ऋणको लागत पनि बढ्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी