×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकका अध्यक्ष पौडेलको उद्घोष-‘एनबीका कर्मचारीमाथि कुनै भेदभाव हुँदैन, सिनर्जी ल्याउँछौँ, नाफा बढ्छ…’ (भिडियो)

GLOBAL IME BANK

नबिल बैंकका अध्यक्ष पौडेलको उद्घोष-‘एनबीका कर्मचारीमाथि कुनै भेदभाव हुँदैन, सिनर्जी ल्याउँछौँ, नाफा बढ्छ…’ (भिडियो)

२८ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र पौडेलले नेपाल बंगलादेश बैंकबाट नबिलियन बनेका कर्मचारीमाथि कुनै पनि खालको भेदभाव नहुने स्पष्ट पारेका छन् । सोमबार नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच एकिकृत कारोबार सुरु भएपछि आयोजना गरिएको सक्सेस पार्टीका क्रममा उपस्थितहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि नबिल बैंक थप सुदृढ भएको छ । अव हाम्रो नाफा झन बढ्नेछ । ‘कार्यक्रममा बोल्दै उनले भने-‘दुई बैंक एक भएपछि अव सिनर्जी आउनेछ । ‘कार्यक्रममा बोल्दै उनले भने- ‘नेपाल राष्ट्र बैंकको नीति अनुसार नै नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्न सफल भएको छ । आजभन्दा ठिक एक बर्ष अगाडी हामीले युनाइटेड फाइनान्सलाई पनि गाभेका थियौँ ।’ यसरी दुईपटक एकैदिन प्राप्तिको कामलाई पौडेलले संयोग भनेका छन् । ‘यो संयोग हो । असार २८ गते हाम्रो बार्षिकोत्सव पनि हो ।’ उनले भने ।

बैंक नाफामा मात्रै नभई लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार रहेको बताउँदै उनले नबिल बैंक नाफामा मात्र नभई लगानीकर्ता र निक्षेपको हकहितप्रति पनि जिम्मेवार रहने बताएका छन् । ‘हामी नाफामा मात्रै होइन, लगानीकर्ता र निक्षेपको हक हितप्रति जिम्मेवार छौं, सुचकमा ठूलो मात्रै होइन बढी जिम्मेवार हुनुपर्छ । ‘ कार्यक्रममा उनले भने-‘हामी थप सशक्त बनेर नाफा पनि बढाउनेछौं, र थप जिम्मेवार पनि बन्नेछौं ।’

अघिल्लोपटक गरिएका मर्जरका क्रममा ती संस्थाका कर्मचारी, सेयरधनी र संचालक समितिहरुले गरेको मेहेनतकै कारण नबिल बैंक अब्बल बनेको बताउँदै उनले नबिल बैंक नाफामा मात्र नभई आम जनताको विश्वासमासमेत अब्बल बनेको दाबीसमेत गरेका छन् ।

साथै, अध्यक्ष पौडेलले मर्जरपछि बैंकका कर्मचारीप्रति भेदभाव नहुनेसमेत दाबी गरेका छन् । नेपाल बंगलादेश बैंकबाट आएका कर्मचारीलाई कुनै पनि भेदभाव नगरी अगाडी बढ्न आफुले निर्देशन दिईसकेको बताउँदै उनले अव सबै मिलेर काम गरी नबिललाई नम्बर १ मै कायम राख्न भूमिका खेल्नुपर्नेसमेत बताएका छन् ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकबाट आएका कर्मचारीहरुलाई पद मिलान गरेर राखेको छ । पद नबिलका कर्मचारी सरह नभएपनि उनीहरुलाई नयाँ नामको पद दिएर राखिएको छ । एनबीबाट नबिल पुगेका कर्मचारीको तलव भने नबिलका कर्मचारीको भन्दा कम छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: