×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नबिललाई अझ सशक्त नबिल बनाउनेछौँ’ : सीइओ ढुंगाना

PRIME CA
GLOBAL IME BANK

‘नबिललाई अझ सशक्त नबिल बनाउनेछौँ’ : सीइओ ढुंगाना

२७ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नबिल बैंक लिमिटेडका नवनियुक्त सीइओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैंक लिमिटेडलाई अझ सशक्त बनाउने बताएका छन् । एकिकृत कारोबार सुरु भएकै दिन काठमाडौँस्थित हायात रिजेन्सीमा आयोजित कार्यक्रममा सीइओ ढुंगानाले यस्तो बताएका हुन् ।
नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरिसकेपछि बनेको नबिल बैंक लिमिटेडले निक्षेप, कर्जा, लगायतका सूचांकहरुमा सबैभन्दा अब्बल हुनेगरी अगाडी बढ्ने उनको भनाई छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि धेरै कुरामा नबिल बैंक अझै अब्बल बनेको बताउँदै उनले नबिलको ब्राण्डलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा बोल्दै उनले प्राप्ति प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।
नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेपछि नबिल बैंक लिमिटेडका नामबाट आज एकिकृत कारोबार सुरु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: