×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा अटो एक्सपो २०२२ स्थगित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नाडा अटो एक्सपो २०२२ स्थगित

Artha Sarokar

१० श्रावण २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ‘नाडा अटो एक्सपो २०२२’ स्थगित भएको छ । आयोजक नाडा अटोमोबाइल्स एसोसिएशनले यसपटकको एक्सोको स्थगित भएको जानकारी दिएको हो । यसअघि, नाडाले यही भदौ ७ गते देखि १२ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा एक्सपो गर्ने मिति तय गरेको थियो । जुन, आहिले स्थगित गर्ने निर्णय गरेको हो । सरकारले सवारी साधनको आयात प्रतिबन्ध लगाएपछि यसपटकको एक्सपो नहुने बताइएको छ ।

सरकारले गत आर्थिक वर्षमा कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध चालू आर्थिक वर्षदेखि खुल्ने भनिएको थियो । तर, सरकारले सवारी साधनको आयात झन लम्ब्याउँदै भदौ १४ गतेसम्म पुर्याएपछि एक्सपो स्थगित भएको हो । नाडाका अध्यक्ष धुर्ब थापाको अध्यक्षतामा मिति २०७९ श्रावण ८ गते काठमाडौँमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले यस्तो निर्णय गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले सो जानकारी दिएका हुन् ।

यस्तै, सरकारले १५० सीसीभन्दा माथिका दुई पांग्रे सवारी साधनहरुको आयातमा समेत थप प्रतिवन्ध लगाएको छ । सरकारको यस्तो निर्णयले नाडा एक्सपोको आयोजना रद्ध गर्नुपरेको नाडाले बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी