×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेश्नल हाइड्रोपावरको घाटा घट्यो, ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेश्नल हाइड्रोपावरको घाटा घट्यो, ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी, यस्ता छन् अन्य सूचकहरु (विवरणसहित)

Artha Sarokar

१५ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्षमा नेश्नल हाइड्रोपावर कम्पनीको घाटा कम भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षका कम्पनीको घाटा कम भएको छ ।

अघिल्लो वर्ष कम्पनी २ करोड २१ लाख रुपैयाँले घाटामा रहेको थियो ।गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको सो घाटा केही कम हुँदै गत वर्षसम्मको कुल घाटा १ करोड ७४ लाख रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षमा कम्पनीको आम्दानीमा भने वृद्धि भएको छ । अघिल्लो वर्ष २ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले गत वर्ष त्यसको झण्डै दोब्बर अर्थात ४ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अहिले कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न प्रकृया अघि बढाएको छ । जगेडामा १ करोड ७० लाख रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको जगेडा कोष ३५ करोड ५१ लाख रुपैयाँले ऋणात्मक थियो । गत वर्ष कम्पनीले तल्लो इन्द्रावती जलविद्युत निर्माणको लागि लाइसेन्स पाएको छ । गत आर्थिक वर्षमा कम्पनीका प्रतिसेयर आम्दानी ८६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ९४ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी