काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ४ लाख ८४ हजार ४१२.६० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १९ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले २५ करोड ४९ लाख ५४ हजारको १९ प्रतिशतले हुन आउने ४ करोड ८४ लाख ४१ हजार २ सय ६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त बोनस सेयर तथा सभाका लागि लघुवित्तले गत चैत २३ मा बुक क्लोज मिति तोकेको थियो ।
उक्त दिनसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयर धनी मात्र सो बोनस सेयरको भागीदार बन्ने मौका पाएका छन् । उक्त बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्