Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकले आकर्षक विशेषता सहितको नेपाल बैंक पायनियर बचत खाता संचालनमा ल्यायो

अर्थ सरोकार

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले उच्च ब्याजदर सहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ । सो बचत खातामा उच्च व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने रु १० लाख सम्मको निःशुल्क दुर्घटना बीमा सूविधा समेत दिईएको छ । यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशूल्क डेबिट र क्रेडिट कार्ड सूविधा, निःशूल्क डिजिटल बैंकिङ सूविधाहरु, लकर सूविधामा ५० प्रतिशत छुट, निःशूल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुबिधाहरु पाउने छन् ।

नेपालभर २१९ शाखाहरु, १८२ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यूवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK