×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यापारीको माग- ‘नेपाल-भारत बीचको व्यापारलाई सघाउ पुग्नेगरी नीति चाहियो’, गभर्नर भन्छन्- ‘सकारात्मक छु’

PRIME CA
GLOBAL IME BANK

व्यापारीको माग- ‘नेपाल-भारत बीचको व्यापारलाई सघाउ पुग्नेगरी नीति चाहियो’, गभर्नर भन्छन्- ‘सकारात्मक छु’

२७ असार २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक बर्षको मौद्रिक नीति निर्माणको तयारीमा छ । यसो त राष्ट्र बैंकका गभर्नर स्वयम् नै मौद्रिक नीति निर्माणका लागि सबैको सुझाव संकलन गरिरहेका छन् । हरेक दिनजसो मौद्रिक नीतिसम्बन्धि अन्तरक्रिया तथा मौद्रिक नीतिको सुझाव संकलन कार्यक्रममा पुगिरहने गभर्नर अधिकारीले यसपटकको मौद्रिक नीति समग्र अर्थतन्त्रलाई ख्याल राखेर ल्याइने पटक-पटक बताउँदै आएका छन् । मौद्रिक नीतिमा विशेषगरी व्यापारीहरुले बैंकको ब्याज कम हुनुपर्ने माग राखिरहेका छन् भने बैंकहरुले ब्याज बढाउनुपर्नेगरी नीति आउनुपर्ने बताईरहेका छन् । यसबीच लामो समयदेखि ओझेलमा परेको तर यसपटक व्यवसायीहरुले खुलेर माग गरेको विषय चर्चामा छ । विषय हो- नेपाल र भारतबीच को व्यापारलाई सघाउ पुग्नेगरी आवश्यक नीति ।
यस्ता छन् व्यापारीले उठाएका विषय
नेपाल-भारतबीचको व्यापारलाई सघाउ पुग्नेगरी नीति बनाउने विषयमा व्यापारीहरुले विशेषगरी २ माग उठाएका छन्। उनीहरुको पहिलो माग भनेको भारतीय नागरिकलाई नेपालमा सहज तरिकाले बैंक खाता खोल्न पाउने व्यवस्था गर्नुपर्ने स्थिति आएको छ । उनीहरुका अनुसार नेपालमा थुप्रै भारतीय व्यापारीहरु करोडौंको कारोबार गर्छन् । तर उनीहरुले सहज रुपमा नेपालमा खाता खोल्न नपाउँदा अहिले धेरै खालका समस्या पर्ने गरेका छन् । त्यसमाथि भारतीय नागरिकलाई नेपालमा डलर खाता खोल्न दिनेगरी व्यवस्था गर्नुपर्ने व्यवसायीहरुको माग छ । काठमाडौँमा आयोजित मौद्रिक नीतिसम्बन्धि उद्योग बाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एक व्यवसायीले भनेका छन्- ‘नेपालमा भारतीयहरुलाई पनि डलर खाता खोल्न दिनुपर्छ । यहाँ उनीहरुले डलर खाता खोल्न नपाउँदा उनीहरुलाई र नेपाल दुबैलाई घाटा भएको छ, यस विषयमा नेपाल राष्ट्र बैंक सचेत हुनुपर्यो।’
व्यापारीले उठाएको दोश्रो विषय भनेको नेपालमा मुद्राको सहज व्यवस्था होस् भन्ने हो । नेपालमा अहिले भारतीय २००० का नोट चल्दैनन् । यस्तो अवस्थामा डलर नहुँदा भारतीय पर्यटकलाई नेपाल आउन निकै गाह्रो भईरहेको उनीहरुको तर्क छ । ‘नेपालमा भारतीयहरुलाई २००० को नोट चलनचल्तीका लागि खुला गर्नुपर्ने आजको आवश्यकता हो। ‘ मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा एक सहभागीले भने- ‘यतिमात्र गर्ने हो भने पनि नेपालमा भारतीय पर्यटकहरुको संख्या निकै ठुलो हुनेछ ।
माग जायज छन्, हामी सकारात्मक छौं : गभर्नर अधिकारी
यसैबीच भारतीय नागरिकलाई नेपालमा डलर खाता खोल्न दिने र नेपालमा भारतीय रुपैयाँ चलनचल्तीमा ल्याउने दुवै विषयमा आफु सकारात्मक रहेको गभर्नर महाप्रसाद अधिकारीको भनाई छ । ‘तपाईंहरुले उठाउनुभएको भारतीय नागरिकलाई नेपालमा डलर खाता खोल्न दिने र नेपालमा २००० को नोट चलनचल्तीमा ल्याउने दुवै सुझावहरु मननीय छन् । दुवै सुझावहरुलाई हामीले विशेष ख्याल गरेका छौं । हामी यस विषयमा सकारात्मक पनि छौं ।’ उद्योग बाणिज्य महासंघको कार्यक्रममा गभर्नर अधिकारीले भने । उनका अनुसार व्यापारीले उठाएका जायज मागहरुमा नेपाल राष्ट्र बैंक सधैं सकारात्मक हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: