×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफामा १४.८३ प्रतिशतले वृद्धि, ईपिएस पनि बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

GLOBAL IME BANK

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफामा १४.८३ प्रतिशतले वृद्धि, ईपिएस पनि बढ्यो, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

११ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको खुद नाफामा १४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्को अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा बैैंकले १४.८३ प्रतिशत बढी खुद नाफा कमाएको हो ।

अघिल्लो आर्थिक वर्षको समिक्षा अवधीमा बैंकले ३ अर्ब ५५ करोड ८६ लाख रुपैँया खुद नाफा आर्जन गरेको थियो । गत वर्षको सोही अवधिमा भने बैंकले खुद नाफामा उल्लेख्य वृद्धि गर्दै ४ अर्ब ८ करोड ६३ लाख कमाएको हो । खुद ब्याज आम्दानी सामान्य बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा बैंकको खुद नाफामा वृद्धि भएको बैंकको प्रक्षेपण रहेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ६.३७ प्रतिशत रहेको छ । सोही अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानीमा १३.३० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै बैंकको कुल सञ्चालन आम्दानी १.७२ प्रतिशतले घट्दा सञ्चालन मुनाफा भने ३१.४१ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि सामान्य वृद्धि भएको छ । समिक्षा अवधिमा बैंकको ईपिएस ४३ पैसा बढेर २२ रुपैयाँ ३२ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.८७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १२.६१ प्रतिशत बढेको छ भने जगेडा कोष ०.०७ प्रतिशत घटेको छ । त्यसैगरी, बैंकको निक्षेप ५.८६ प्रतिशत र कर्जा ०.४२ प्रतिशत बढेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: