काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी दिनमा मूल्यवृद्धि अझै उच्च हुने सर्वेक्षण गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने देखिएको हो । सर्वेक्षण अनुसार आागमी तीन महिना १४ प्रतिशतले मूल्य बढ्ने अपेक्षा गरिएको छ । त्यस्तै आगामी एक वर्ष पछिको अपेक्षित मुद्रास्फीति १३.५ प्रतिशत हुने अनुमान गरिएको छ ।
सर्वेक्षणमा सहागीहरुले निकट अवधिमा मुद्रास्फीति अहिलेकै अनुपातमा रहने र केही अवधिपछि भने घट्ने अपेक्षा गरेका छन् । सर्वेक्षणमा सहभागीहरुमध्ये ९४.७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन् । जसमध्ये २७.४ प्रतिशतले आगामी तीन महिनामा मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने बताएका छन् भने ४२.३ प्रतिशतले अहिलेको दरमा मूल्यवृद्धि हुने अपेक्षा गर्दा २४.९ प्रतिशतले मात्रै अहिलेको भन्दा मूल्यवृद्धि कम हुने बताएका छन् ।
यस्तै ९४.४ प्रतिशतले आगामी एक वर्षसम्म नै मूल्य बढ्ने बताएका छन् । जसमा ३३.१ प्रतिशतले अहिलेको भन्दा उच्च, ४१.७ प्रतिशतले अहिलेकै हाराहारी र १९.५ प्रतिशतले मूल्यवृद्धि १ वर्षपछि घट्ने अपेक्षा गरेका छन् । २० देखि २७ असार २०७७ मा राष्ट्रका २८ सहरका ३१ बजार क्षेत्रका ११४१ शहरी व्यक्तिहरूको प्रतिक्रिया आधारमा उक्त सर्वेक्षण तयार गरेको राष्ट्र बैंकले बताएको छ ।
गैर-खाद्य र सेवा तथा घरजग्गा (आवास) बाहेकका सम्पूर्ण उपभोग समूहहरूमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश चैत, २०७८ को तुलनामा बढेको सर्वेक्षणमा भनिएको छ । त्यस्तै, तरकारी र फलफूल तथा माछा, मासु, दूध, घिउ र तेल उपभोग समूह बाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश भने घटेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले जेठ २०७९ को वार्षिक उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक गरेको थियो । तर, राष्ट्र बैंककै सर्वेक्षणले भने असारमा उपभोक्ताले १४ प्रतिशतले मूल्यवृद्धि भएको महसुस गरेको उल्लेख गरेको छ । राष्ट्र बैंकले प्रकाशित गरेको मुद्रास्फीति र यो सर्वेक्षणमा अन्तर रहने नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
‘राष्ट्र बैंकले ६० वटा मार्केट सेन्टरबाट ४०० वटा भन्दा बढी वस्तुको वास्तविक मूल्य संकलन गरेर ल्याएर त्यसको आधारमा मुद्रास्फीतिको विवरण तयार गर्छ,’ उनले भने, ‘तर, सर्वेक्षण भने बजारमा उपभोक्तालाई केही वस्तुको मूल्य सोधेर तयार पारिएको हो । त्यसैले मुद्रास्फीति र सर्वेक्षणको तथ्यांक मेल खाँदैन ।’ आगामी दिनमा उपभोक्ताले मूल्य बढ्न सक्छ भन्ने अपेक्षा गरिरहँदा मुल्यवृद्धि नियन्त्रण गर्न सोही अनुसारको नीति लिन सहयोग गर्ने उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्