×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला, असार २६ गतेसम्म आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला, असार २६ गतेसम्म आवेदन दिन सकिने

Artha Sarokar

२२ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल एसबीआई बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंकले असार २२ गते बुधबारदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले ५ वर्ष अवधिको ‘नेपाल एसबीआई बैंक ऋणपत्र, २०८३’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो ।

जसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकले वार्षिक  १०. २५५ प्रतिशत ब्याजदर दिने भएको छ । उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । आवेदकहरुले ऋणपत्रमा असार २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएको खण्डमा भने साउन ४ गतेसम्म आवेदन दिन पाइने भएको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी