Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा आरम्भ चौतारी र मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सेयर सूचीकृत हुने कम्पनीमा आरम्भ चौतारी लघुवित्त र मिथिला लघुवित्त रहेका छन् ।

आरम्भ चौतारीको ६ लाख २ हजार २०२ कित्ता र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुवै कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट क्रमशः १९.६२ प्रतिशत र २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए । सोही बोनस शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK