काठमाडौँ । एनआईसी एशिया क्यापिटलले ‘IDEA to IPO’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि IPO जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ ।
सोही सेवा अन्तर्गत मेरो जब लिमिटेडलाई संस्थागत परामर्श सेवा सहित मेरो जब लिमिटेडलाई IPO जारी गर्ने चरणमा पुर्याई निकट भविष्यमा सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र मेरो जब लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । नेपालको सन्दर्भमा सर्वसाधारणमा IPO जारी गर्ने यस प्रकारको कम्पनी पहिलो हो ।
शिक्षित तथा अनुभवी व्यक्तिहरु जो आफ्नो योग्यता तथा क्षमता अनुसारको काम खोजिरहेको हुन्छन, तेस्तै विभिन्न रोजगारदाताहरु जसलाई उपयुक्त कर्मचारीहरु चाहिएको हुन्छ, यी दुबै बिचको पुलको रुपमा कार्य गर्ने उद्देश्यका साथ २००९ मा मेरो जब डटकम प्रा.लि. (हाल मेरो जब लिमिटेड) को स्थापना भएको हो । मेरो जब लिमिटेडले merojob.com जब पोर्टल मार्फत काम खोज्ने व्यक्ति र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गरिरहेको छ । हाल मेरो जब लिमिटेडको website मा करिब १० लाख काम खोजिरहेका व्यक्तिहरु दर्ता भइसकेका छन् भने करिब ४० हजार रोजगारदाताहरुले मानव संसाधन व्यवस्थापन सेवाहरु लिँदै आईरहेका छन् ।
यसका साथै मेरो जब लिमिटेडले वर्षेनि १,००० भन्दा बढी Capacity Building कार्यक्रम अन्तर्गत विभिन्न शिर्षकमा तालिमहरु प्रदान गर्दै आइरहेको छ । मेरो जब लिमिटेडले आगामी दिनहरुमा आफ्नो मानव संसाधन व्यवस्थापन सम्बन्धि अन्य सेवाहरु प्रविधिको प्रयोग गरी काम खोज्ने व्यक्तिहरु तथा रोजगारदाताले कम्पनीको आवश्यकता अनुरुपको कर्मचारी प्राप्त गर्न पुलको भुमिका निर्भाह गरी मानव संसाधन व्यवस्थापनमा नेपालकै पहिलो रोजाईको कम्पनीको रुपमा स्थापित गर्ने लक्ष लिएको छ ।
साथै क्यापिटलको ‘IDEA to IPO’ सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ प्रमुख, दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न पनि सकिन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्