×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशियामा खाता हुनेको यसकारण लाइफस्टाइल ‘डबल सजिलो’, खर्च कटौती कम्तीमा २० प्रतिशत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनआईसी एशियामा खाता हुनेको यसकारण लाइफस्टाइल ‘डबल सजिलो’, खर्च कटौती कम्तीमा २० प्रतिशत !

Artha Sarokar

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । बैंकमा खाता खोल्ने काम धेरैलाई मात्र औपचारिकता लाग्छ । बैंकमा रकम जम्मा गर्नका लागि मात्र हो खाता भनेको भन्ने धेरैलाई भ्रम छ । तर प्रविधिको बिकासले ल्याएका अनेक परिवर्तनले मानिसको जीवनलाई यसरी ‘प्रविधिमय’ बनाईदिएको छ कि, अव बैंक खाता, खातामात्र नभई जीवनशैलीको एउटा महत्वपूर्ण पाटो बनिसकेको छ । रेष्टुरेण्टमा चियामात्र खाँदा होस्, वा हवाई यात्रामा तपाईंले मोबाइल बैंकिङमार्फत सजिलै पैसा तिर्न सक्नुहुन्छ मात्र होइन, बैंकले विभिन्न भेण्डरसँग गरेको सम्झौताका आधारमा छुटसमेत पाउनुहुन्छ । अझ त्यसमा पनि एनआईसी एशिया बैंकमा खाता छ र तपाईं यो बैंकमार्फत बैंकिङ गर्नुहुन्छ भने त तपाईंको लाइफस्टाइल सजिलोमात्र होइन, तपाईंको खर्च कटौतीपनि राम्रै हुन्छ । यहि कारण पनि पछिल्लो समय एनआईसी एशिया बैंकका ग्राहकहरु बढेका छन् ।

पाइला पाइलामा छुटै छुट !
केहि समय अगाडीको कुरा हो, एनआईसी एशिया बैंकले हवाई टिकट काट्दा २० प्रतिशत छुट हुने योजना ल्यायो ।बारम्बार यात्रा गरिरहनेलाई थाहा हुन्छ, २० प्रतिशत कममा हवाई टिकट पाउँदाको खुसी । कतिपय अवस्थामा त २० प्रतिशत रकमको हिस्सा हवाई टिकटमा ठुलै हुनेगर्छ । उदाहरणका लागि तपाईं काठमाडौँबाट धनगढी यात्रा गर्दैहुनुहुन्थ्यो । हवाई भाडा १० हजार रुपैयाँ थियो । तपाईंले सामान्य यात्रु भएर १० हजार रुपैयाँ तिर्नुपर्ने भाडा त एनआईसी एशिया बैंकको ग्राहक भएकै कारण २० प्रतिशत सस्तो अर्थात ८ प्रतिशतमा यात्रा गर्न पाउनुभयो त्यतिबेला । भएन त गज्जब ? अनि यति भएपछि किन अरु बैंकमा खाता खोलेर अरु बैंकमार्फत कारोबार गर्ने त ? भन्ने प्रश्न धेरैलाई लाग्ने स्वभाविक प्रश्न बन्यो ।

बारम्बार यात्रा गरिरहने ग्राहकले त यसरी नै धेरै रकम जोगाए पनि । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशत सम्म क्यास व्याक हुने आकर्षक योजना केहि समय अगाडी सार्वजनिक गरेको थियो । अझ यसरी टिकट बुकिङमा ग्राहकहरुले पहिलो टिकट बुकिङमा रु. ५०० अधिकतम एंव र दोश्रो पटकबाट रु. १०० सम्म क्यास व्याक प्राप्त पनि गरे । यो एउटा स्किम थियो । यस्ता स्किम आउँछन्, जान्छन् । तर जहाँ आए पनि पहिला एनआईसी एशियामै आउँछ भन्ने शैलीमा बैंकले विभिन्न योजनाहरु ल्याउने गरेको छ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई केहि न केहि नयाँ योजना ल्याई नै रहेको हुन्छ । जुनसुकै बेला आउने योजनाको फाइदा उठाउनेगरी ‘एनआईसी एशिया बैंककै मोबाइल बैंकिङ प्रयोग किन नगर्ने ?’ भन्ने प्रश्न स्वाभाविक देखिन्छ ।

रोग सम्बन्धि विशेषज्ञ सेवा लिँदा छुटैछुट !
बैंकले विभिन्न अस्पताल, क्लिनिक लगायतसँग छुटको सम्झौता गरेको छ । उदाहरणका लागि ग्यालेक्सी स्पेसियालिटि क्लिनिक एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा लिईने सेवालाईसमेत लिन सकिन्छ ।महाराजगन्जस्थित महाराजगन्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टरबीच समझदारी भएको छ । बैंकका ग्राहक महानुभावहरुले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट Hematology, Microbiology, Histopathology, Immuno Assay (ElA), Cytopathology, FNAC, Immunofluorescence, Auto Immune Panel, Flow Cytometry र Kidney stone Analysis (FT-IR Technology) परिक्षणहरु गर्न सक्नुहुने व्यवस्था रहेको छ । यस्ता थुप्रै संस्थाहरुसँग बैंकले सम्झौता गरेको छ । एनआईसी एशियाको ग्राहक भएकै कारण २५ प्रतिशतसम्म छुट पाइन्छ भने किन बैंकको ग्राहक हुनुको फाइदा नउठाउने त ?

अनलाइन शपिङमा छुटैछुट , पाँचतारे होटलमा पनि छुटको मज्जा !
एनआइसी एशिया बैंकले विभिन्न समयमा विभिन्न अनलाइन शपिङ साइटहरुबाट सामान किन्दा एनआईसी एशियाको मोबाइल बैंकिङबाट भुक्तानी गरेको खण्डमा छुटको व्यवस्था ल्याउने गरेको छ । बैंकले विशेष पर्वहरुमा त झन् यस्ता साइटहरुसँग झन् ठुलो छुटको सम्झौता गर्ने गरेको छ । यस्तो समय र अवसरको सदुपयोग गर्दै बैंकका ग्राहकहरुले छुटको मज्जा लिन पाउनेछन् । बैंकले विभिन्न अवसरमा कहिलेकाहिँ त भारि छुटसमेत ल्याउने गरेको छ । अनि सो बैंकको ग्राहक भएकै कारण सामान किन्दा नै छुट पाउने भएपछि बैंककै मोबाइल बैंकिङ किन प्रायोग नगर्ने त भन्ने प्रश्न उठ्न सक्छ । यस्तै बेला यसरी सामान किन्नकै लागि एनआईसी एशिया बैंकमा खाता खोल्नेहरु पनि धेरै छन् ।

यसो त बैंकले पाँचतारे होटलहरुमा पनि छुट हुनेगरी विभिन्न होटलहरुसँग सम्झौता गरेको छ । उदाहरणका लागि बैंकका ग्राहकहरूलाई पाँचतारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित Soaltee Westend Premier मा डेबिट कार्ड वा QR बाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुनेगरी बैंक र सोल्टी इन्टरप्राइजेज बीच समझदारी भएको छ ।

लाइफस्टाइल ‘डबल सजिलो’, खर्च कटौती कम्तीमा २० प्रतिशत !
बैंकले आफ्ना मोबाइल बैंकिङ्ग तथा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा खरिदको रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ । यसले एकातर्फ डिजिटल कारोबारलाई प्रोत्साहन भईरहेको छ भने अर्कोतर्फ ग्राहकको खर्चसमेत कटौती भईरहेको छ । समग्रमा हेर्दा एनआईसी एशियाको ग्राहक भएकै कारण छानीछानी छुट लिँदा पनि ग्राहकको कम्तीमा २० प्रतिशतसम्म खर्च कटौती भईरहेको छ । सहज तरिकाले रकम भुक्तानी गर्न मिल्ने भएकाले ग्राहकको लाइफस्टाइल पनि डबल सजिलोसमेत भएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी