×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आम मान्छेलाई ‘उद्यमी’ बन्न साथ दिएको बैंकको कथा : ‘कर्जा विस्तारमा एनआईसी एशियाको निरन्तर एग्रेसिभ मुभ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आम मान्छेलाई ‘उद्यमी’ बन्न साथ दिएको बैंकको कथा : ‘कर्जा विस्तारमा एनआईसी एशियाको निरन्तर एग्रेसिभ मुभ’

Artha Sarokar

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । कुनै बेला नेपालमा बैंकहरुप्रति आम मानिसको धारणा थियो- ‘सानालाई कसले कर्जा दिन्छ र ? हामीलाई कुन बैंकले पत्याउँछ र ? बैंकले ऋण भनेको त ठुलालाई दिने हो ।’ तर यहि धारणा बदल्न लागि परेको एनआईसी एशियाले आफुले गर्ने लगानीको ठुलो हिस्सा साना व्यवसायीहरुलाई कर्जा प्रवाह गर्न थालेपछि पछिल्लो दशकमा समग्र बैंकप्रतिको बुझाई फरक भएको छ । आजकल त ऋण लिने मामलामा साना स्टार्टअपहरुदेखि उद्यमीहरुसम्मले खुलेरै भन्छन्- ‘ऋण दिने एनआईसी एशिया बैंक छँदै छ नि !’ यसो त बैंकले गरेको कर्जा प्रवाहको ठुलो हिस्सा साना तथा मध्यम व्यवसायमा छन् । बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने पनि बैंकमा ५ करोड भन्दा मुनिको कर्जाका फाइलको संख्या निकै ठुलो छ । र स्वयम् बैंकले गरेको कुल लगानीको प्रतिशत हेर्ने हो भने पनि त्यसको ठुलो हिस्सा साना तथा मझौला फाइलहरुमा बैंकको कर्जा प्रवाह धेरै छ । यसले आम मान्छेलाई ‘उद्यमी बन्न अभिप्रेरित त गरिरहेको छ नै, बैंकको ‘रिस्क’ पनि निकै कम हुने गरेको छ ।

‘साना तथा मझौला व्यापारिकको साझेदार बन्दैछ एनआईसी एशिया’

काठमाडौँमा आफ्नो स्टार्ट अप सुरु गर्ने एउटा आम नागरिक होस्, वा सूदूरपश्चिमको एउटा कुनै कुनामा कुनै घरेलु उद्योग खोल्छु भन्ने ग्राहक होस्, साना व्यापारीलाई ‘ऋण पत्याउने’ बैंकका रुपमा एनआईसी एशिया परिचित छ ।बैंक खोल्ने भनेको धनीलाई धनी बनाउनेमात्र होइन, बरु सानालाई धनी बनाएर सेयरधनीलाई झन् धनी बनाउने हो भन्ने तथ्यलाई मनन गरेको बैंकले गत ५ बर्षमा गरेको कर्जा प्रवाह हेर्ने हो भने ठुलो फाइलको सार्है कम र साना फाइल एकदम धेरै अगाडी बढाएको छ । र त हर मान्छेको व्यापारिक साझेदारी बन्न सफल भएको बैंकले हरेक साना-साना मान्छेलाई उद्यमी बनाउन गरेको योगदान अतुलनीय रहेको स्वयम् ऋणीहरु बताउँछन् । सहज कर्जा प्रक्रिया र त्यसमा पनि अनलाइनको दह्रो सिष्टमले बैंकका ऋणीहरुलाई दिएको सेवाले ऋणीहरुलाई पनि सार्है सजिलो भएको छ । र त साना तथा मझौला व्यापारीका लागि एनआईसी एशिया बैंक, ‘हाम्रो बैंक’ बन्न सफल भएको छ ।

कर्जा विस्तारमा एग्रेसिभ मुभ !

एनआइसी एशिया बैंकको स्थापनाकाल देखिकै ग्राफ हेर्ने हो भने प्रत्येक वर्ष बैंकको बिजनेशमा दोब्बर वृद्धी भएको देखिन्छ । स्थापनाकोे दोस्रो वर्ष नै अर्थात वि.सं. २०५५–५६ मा बैंकले आफ्नो पहिलो शाखाबाट ५०० मिलियन कर्जा प्रवाह गरेको थियो । त्यसको अर्को वर्ष बैंकले कर्जा प्रवाहमा तेब्बर फड्को मार्दै १६४९ मिलियन कर्जा प्रवाह गर्यो । लगातार बिजनेश बढाउँदै गएको एनआइसी एशिया बैंकले वि.सं. २०५७–५८ मा २६१८ मिलियन कर्जा प्रवाह गरेको थियो । त्यस्तै बैंकले पाचौँ वर्षमा २३६९ मिलियनमा, छैटौँ वर्षमा २५६३ मिलियनमा कर्जा प्रवाह गर्दै सातौँ वर्षमा ३७४३ मिलियन कर्जा प्रवाह गरेको थियो । बैंकप्रति ग्राहकको विश्वास बढ्दै जाँदा यो आँकडामा पनि निरन्तर बढ्यो । सोही अनुरुप बैंकले आठौँ वर्षमा ४९०९ मिलियनमा, नवौँ वर्षमा ६८८३ मिलियनमा र दशौँ वर्षमा ९१२९ मिलियनमा कर्जा प्रवाह गरेको थियो । बैंकले एघारौँ, बाह्रौँ र तेह्रौँ वर्षमा क्रमशः ११४६५ मिलियनमा, १३९१६ मिलियनमा र १२९२९ मिलियनमा कर्जा प्रवाह गरेको थियो । १ मिलियनमा हुने १० लाख रुपैयाँ हुन्छ ।

त्यस्तै बैंकले वि.सं.२०६७–६८ मा १५११६ मिलियन कर्जा प्रवाह गरेको थियो । स्थापनाको १५औँ वर्ष अर्थात वि.सं.२०६८–६९ मा बैंकले कर्जा प्रवाहको तथ्यांक डा १८ हजार मिलियनको लाइनमा पुर्यायो । त्यसैको अर्को वर्ष बैंकले प्रवाह गरेको कर्जामा वृद्धि गर्दै यो तथ्यांक ३२४१६ मिलियनमा सम्म पुग्यो  । वि.सं.२०७०–७१ मा ३७३०६ मिलियन कर्जा प्रवाह गरेको बैंकले वि.सं.२०७१–७२ मा कर्जा प्रवाह ४३३३० मिलियनसम्म पुर्याउन सफल भयो । त्यस्तै आर्थिक वर्ष २०७२–७३ मा ५९५३३ मिलियन कर्जा प्रवाह गरेको एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७३–७४ मा ७२५५८ मिलियन कर्जा प्रवाह गर्न सफल भयो । साना तथा ठुला ऋण गरी आर्थिक वर्ष २०७४–७५ मा १२०६६६ मिलियन कर्जा प्रवाह गरेको बैंकले आर्थिक वर्ष २०७५–७६ मा १५००२८ मिलियन कर्जा प्रवाह गरेको थियो । त्यस्तै स्थापनाको २३औँ वर्षमा बैंकले देशभरी विभिन्न शाखाबाट गरी कुल १७३७७० मिलियनमा कर्जा विस्तार गरेको बैंकले आर्थिक वर्ष २०७७–७८ मा २६४८४० मिलियन कर्जा प्रवाह गर्न सफल भयो । आर्थिक बर्ष २०७८-७९ को असार मसान्तको तथ्यांक हेर्ने हो भने बैंकले २६८२३६ मिलियन कर्जा प्रवाह गरेको छ । यसले बैंक कर्जा विस्तारमा कतिसम्म एग्रेसिभ छ भन्ने तथ्य देखाउँछ।

गतिशीलताले ‘राम्रो’ बन्दै सहज बैंकिङले ‘हाम्रो’ बन्दै एनआईसी एशिया !
एनआइसी एशिया बैंकको सेवा देशभरका सुगमदेखि दुर्गम क्षेत्रमा समेत विस्तार भएको छ । वि.सं. २०५४–५५ अर्थात सन् १९९७–९८ मा हालको प्रदेश नम्बर १ को बिराटनगरबाट सेवा सुरु गरेको गरेको एनआइसी एशिया बैंक दिनप्रतिदिन आम मानिसका लागि ‘हाम्रो बैंक’ बन्न सफल भएको छ । ग्राहकको माया, संस्थापकको दृढ संकल्प र उत्कृष्ट बैंक प्रोडक्टको नतिजाकै कारण अहिले बैंकको सेवा मुलुकका अधिकांश क्षेत्रहरुमा पुगेको आभाष आम ग्राहकहरुले गरिरहेका छन् । बैंकको गतिशीलताका कारण बैंक आम ग्राहकका लागि ‘राम्रो’ त बनेको छ नै, बैंकको सहज बैंकिङले बैंकलाई ‘हाम्रो बैंक’का रुपमा परिचित बनाएको छ । र त आम ग्राहकको साथ बटुल्दै बैंक बिकट बाजुरादेखि सुगम काठमाडौँका ग्राहकसम्मका लागि ‘हाम्रो बैंक’ बन्न सफल भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी