काठमाडौँ । अहिलेको जमाना ‘मोबाइल बैंकिङ्ग’को हो । अहिले प्राय: धेरैजसो ग्राहक बैंकसम्म धाउनुभन्दा मोबाइलबाटै सबै काम गर्न बढी रुचाउछन् । अझ मोबाइल बैंकिङ्गको सुविधा आएपछि बैंकका धेरै ग्राहकहरु झन्झटिलो प्रक्रियाबाट छुटकरा पाएको अनुभुति समेत गर्छन् । यसैबीच परिवर्तन र सुविधामा नविनतम प्रविधि भित्र्याईरहेको देशकै अग्रणी एनआईसी एशिया बैंकले आफ्नो ‘डिजिटल बैंकिङ्ग’ सेवालाई निःशुल्क बनाएपछि धेरेको रोजाईमा एनआईसी एशिया बैंकको ‘डिजिटल बैंकिङ्ग’ पर्न थालेको छ ।
नेपाली बैकिङ्ग क्षेत्रमा सबैभन्दा बढी प्रयोग हुने एनआईसी एशिया बैंकको ‘डिजिटल बैंकिङ्ग’ सेवा नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिनेछ । बैंकले यसअघि नै एनसिएल नेटवर्कमा पनि निःशुल्क गरिसकेको छ । बैंकको मोबाइल बैंकिङ्ग एप, आईसर्भ, वेवसाइट र इन्टरनेट बैंकिङ्ग नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन सकिने भएको हो । यसले नागरिकलाई अझै बढी सहज हुने बैंकको दाबी छ । ‘सबैठाउँमा इन्टरनेटको पहुँच नहुन सक्छ। हरेक समय सबैको मोबाइलमा डाटा भईरहन्छ भन्न सकिन्न। यसर्थ पनि एनआईसी एशिया बैंकको यो सेवा झनै तारिफयोग्य छ’, कोटेश्वरमा भेटिएका एनआईसी एशिया बैंकका एक ग्राहक भन्छन्-‘अहिले म मेरो मोबाइलमा ब्यालेन्स नै नभएपनि मज्जाले बैंकिङ्ग कारोबार गर्न सक्छु । र त सँधैभरी एनआईसी एशियालाई मैले ‘साथी’का रुपमा स्विकार गरेको छु ।’

निःशुल्क डाटामा के-के गर्न सकिन्छ ?
एनआईसी एशिया बैंकको निःशुल्क डिजिटल बैंकिङ्ग सेवामार्फत ग्राहकले मोबाइल बैंकिङ्ग एपमा अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्धती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान समेत पत्ता लगाउन सकिन्छ । यतिमात्र हाईन यसबाट ग्राहकले मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, ई–कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई. तथा प्रोग्रेस ट्रयाकिङ्ग जस्ता थुप्रै सुविधाहरु निःशुल्क लिन सक्नेछन् । बैंकको मोबाइल एपबाट विभिन्न कम्पनीहरुको आईपिओ भर्नुका साथै कार्डबिनै एटिएमबाट पैसा झिक्न सकिने समेत व्यवस्था रहेको छ ।
त्यस्तै नेपाल टेलिकम र एनसिएलको नेटवर्कमा पाईने निःशुल्क सुविधाहरुमध्ये आईसर्भबाट नयाँ आवेदन, ब्लक, अनब्लक तथा पिन÷पासवर्ड रिसेर्ट गर्न सकिनेछ । त्यस्तै ब्यालेन्स जानकारी, चेकबुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मेरो सेयर तथा सिआरएन आवेदन, बचत योजना प्रतिवेदन, नगद तथा चेक डिपोजिट र ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन लगायतका सेवाहरु ग्राहले नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् ।

चलाउन सजिलो, पहुँचमा नम्बर १ !
नेपाल टेलिकमको नेटवर्कमा बैंकको वेवसाइट प्रयोग गरी ग्राहकहरुले निःशुल्क रुपमा बैंकबारै अधिकतम जानकारी लिन सकिने बैंकले जनाएको छ । जसमा अनालाइन खाता आवेदन, अनलाइन आईपिओ आवेदन, ऋण लाभ क्याल्कुलेटर, ईएमआई क्याल्कुलेटर, लगायतका सुविधाहरु निःशुल्क रुपमा लिन सक्नेछन् । त्यस्तै इन्टरनेट बैंकिङ्गमार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी लगायतको सुविधा एनआईसी एशियाको नेपाल टेलिकम तथा एनसिएल नेटर्वकमा निःशुल्क सुविधामा ग्राहकले लिन सक्नेछन् ।
यसो त प्रायः अधिकांश बैंकहरुको ‘मोबाइल बैंकिङ्ग’ सुविधा प्रयोग गर्न सिमित शुल्क तिनुपर्छ । अर्थात, मोबाइलमा अतिरिक्त डाटा खर्च गर्नुपर्छ । हुनत धेरैजसो बैंकहरुले ‘अफलाइन म्यासेज’को सुविधा पनि दिएका छन् । तर, सो सुविधाबाट सिमित सेवामात्रै लिन सकिने हुँदा अहिले धेरैको रोजाईमा एनआईसी एशियाको ‘डिजिटल बैंकिङ्ग’ परेको छ । चलाउन सजिलो, पहुँचमा ‘नम्बर १’ भएपछि अहिले एनआईसी एशियाको डिजिटल बैंकिङ्ग सेवा देशभरमै अन्य बैंकहरुको भन्दा बढी प्रयोग हुने सेवाका रुपमा स्थापित भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्