×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पछिल्लो पाँच बर्षमा किन ह्वात्तै बढे एनआईसी एशियाका ग्राहक ? यस्ता छन् ‘ग्राहकले देखेका’ कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पछिल्लो पाँच बर्षमा किन ह्वात्तै बढे एनआईसी एशियाका ग्राहक ? यस्ता छन् ‘ग्राहकले देखेका’ कारण

Artha Sarokar

९ श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । तपाईंको कुन बैंकमा खाता छ ? जागिर गर्ने वा व्यापार गर्नेहरुका लागि सुन्दा सामान्य तर महत्वपूर्ण लाग्ने प्रश्न हो यो । देशभर रहेका जुनसुकै बैंकमा खाता हुनु र आफु अनुकुल सुविधा पाइने बैंकमा खाता हुनुको खास अन्तर छ भन्ने तथ्य पछिल्लो समय धेरैले बुझिसकेका छन् । र त बैंक खाता खोल्नु फगत रकम जम्मा गर्नका लागि गरिने औपचारिकता नभई पछिल्लो समय जीवनशैलीलाई सहज बनाउने एउटा माध्यम पनि हो । र त बैंक खाता आफु अनुकुलको बैंकमा खोल्नेहरुको संख्या बढेको छ । यहि कारण एनआईसी एशिया बैंकमा खाता खोल्नेहरुको संख्या पनि दिनानुदिन बढीरहेको छ । यतिसम्मकि अरु बैंकमा खाता भए पनि ‘एउटा खाता एनआईसी एशियामाचाहिँ चाहिन्छ नै !’ भन्ने परेको छ पछिल्लो समय धेरैलाई । घुमघामका क्रममा बिकट बस्तीहरुमा पनि शाखा हुनु, बैंकले अनेक खालका सुविधा दिनु, अन्य बैंकले शुल्क लिने सुविधाहरु पनि एनआईसी एशिया बैंकमा नि:शुल्क हुनु लगायतका कारण पनि एनआईसी एशिया बैंकमा खाता खोल्नेहरु बढेका छन् ।
पछिल्लो पाँच बर्षमा ह्वात्तै बढे एनआईसी एशियाका ग्राहक !
तत्कालीन एनआइसी र बैंक अफ एशिया मिलेर बनेको एनआइसी एशिया बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक हेर्ने हो भने बैंकका हाल २७ लाख ९७ हजार ३ सय ६५ जना ग्राहकहरु रहेका छन् । आर्थिक वर्ष २०७१–७२ मा बैंकमा ३ लाख ५६ हजार ४ खाता संचालनमा आएको थियो । त्यसको अर्को वर्ष बैंकमा खाता खोल्नेको संख्या ४ लाख ३० हजार ८ सय १४ पुग्यो । त्यसको अर्को वर्ष अर्थात स्थापनाको २०औँ वर्षमा बैंकले आफ्नो पहुँच ६ लाख १ हजार ८ सय ८ खातासम्म पुर्याउन सफल भएको थियो । स्थापनाको २१औँ वर्ष अर्थात आर्थिक वर्ष २०७४–७५ मा बैंकमा खाता खोल्नेको संख्या १३ लाख ७६ हजार ४ सय ३७ पुग्यो । त्यस्तै बैंकमा खाता खोल्नेको संख्या आर्थिक वर्ष २०७५–७६ मा भने बैंकमा खाता खोल्ने ग्राहकको संख्या १९ लाख ८३ हजार ६ सय ४३ पुगेको थियो ।
त्यस्तै बैंकको शाखा तथा सेवा देशव्यापी रुपमा फैलिन थालेपछि त्रमिक रुपमा एनआइसी एशिया बैंकका ग्राहकको संख्यामा समेत वृद्धि हुँदै गयो । बैंकले आर्थिक वर्ष २०७६–७७ मा बैंकका कुल २३ लाख ७६ हजार ६ सय ४३ जना ग्राहकसम्म आफ्नो सेवा विस्तार गर्न सफल भएको थियो । स्थापनाको २४औँ वर्षमा पुग्दा बैंकले आफ्नो सेवालाई कुल २७ लाख ९७ हजार ३ सय ६५ जनामा आफ्नो सेवा विस्तार गरेको छ ।
‘कर्पोरेट क्लाइन्ट’ र विद्यार्थीको रोजाईमा यस कारण परिरहेछ एनआईसी एशिया
कुनै पनि कम्पनी खोलेपछि बैंक खाता अनिवार्य नै हुन्छ । कुन बैंकमा खाता खोल्ने त ? आजकल धेरैको सहज उत्तर हुन्छ- ‘एउटाचाहिँ एनआईसी एशिया बैंकमा खोल्नुपर्छ । अरु जुन खोले पनि हुन्छ ।’ किन यस्तो छ त ? केहि समय अघिमात्र एउटा स्टार्टअप कम्पनीको थालनी गरेका काठमाडौँका एक व्यवसायीको सरल जवाफ थियो- ‘आजकल धेरैले एनआईसी एशियाकै चेक दिन्छन् । अरु बैंकको चेक लिंदा क्लियरिङमा पठाउनुपर्ने झन्झट । एनआईसी एशिया भए सिधै खातामा जम्मा ।’ उनका अनुसार अव नेपाली बैंकिङ क्षेत्रमा जे जति नयाँ प्रोडक्ट आउँछन्, त्यो एनआईसी एशियाले सुरुमै ल्याउने सम्भावना बढी छ । धेरै सुविधा नि:शुल्क छन् । त्यसैले पनि धेरैको रोजाई एनआईसी एशिया बैंक नै हुने गरेको छ ।
यस्तै सेयर बजारमा धेरथोर लगानी गर्न सिकिरहेका विद्यार्थीहरुका लागि पनि एनआईसी एशिया बैंक पहिलो रोजाई बन्ने गरेको छ । एक त आश्वा शुल्क लाग्दैन । त्यसमाथि यसअघि बैंकले ल्याएको सर्वश्रेष्ठ बचत खातामा त मेरो सेयर, डिम्याट लगायतका नवीकरण शुल्क पनि एनआईसी एशिया बैंकले सित्तैमा गरिदिने सुविधा ल्याएको थियो ।यसकारण पनि एनआईसी एशिया बैंकमा खाता खोल्नेहरु पछिल्लो समय ह्वात्तै बढे । धेरै ब्याज, धेरै सुविधा, कतै गयो एनआईसी एशियाका ग्राहकलाई विशेष छुट भन्ने उल्लेख हुन थालेपछि धेरैको रोजाई एनआईसी एशिया हुने गरेको छ ।
एनआईसी एशिया बैंकमा खाता खोल्ने अर्को कारण भनेको यसको देशका कुनाकन्धरामा देखिएको उपस्थिति पनि हो । बिकट बाजुरा, रुकुम, मुगु लगायतका ठाउँमा पनि एनआईसी एशियाको उपस्थिति छ । ‘कि बैंक नै छैन, भए त एनआईसी एशिया पक्कै छ नि !’ भन्ने विश्वासका कारण पनि ‘एउटा खाता एनआईसी एशियामा चाहिन्छ’ भन्नेहरु धेरै छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी