×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निफ्राले सार्वजनिक गर्यो वित्तिय विवरण, खुद नाफामा २२ प्रतिशतले वृद्धि, अन्य सुचक कस्ता ? (विवरणसहित)

GLOBAL IME BANK

निफ्राले सार्वजनिक गर्यो वित्तिय विवरण, खुद नाफामा २२ प्रतिशतले वृद्धि, अन्य सुचक कस्ता ? (विवरणसहित)

६ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्ष २०७८–७९ मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफामा साढे २२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासमा ८३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको निफ्राले गत वर्ष भने १ अर्ब २ करोड ६१ लाख रुपैँया खुद नाफा आर्जन गरेको छ । जुन, अघिल्लो आर्थिक वर्षकोभन्दा २२.५३ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको योग्य नाफा ८० करोड ८५ लाख रुपैँया रहेको बैंकद्धारा सार्वजनिक विवरणमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा ६५ करोड ९३ लाख रुपैयाँ थियो । बैंकको विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ४३ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यस्तै १५ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल इन्फ्रस्ट्रक्चर बैंक (निफ्रा)ले सो अवधिमा १ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ४१.२० प्रतिशत बढी हो । साथै, बैंकले सो अवधिमा १ अर्ब ४६ करोड रुपैयाँ संचालन नाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २९ पैसा थियो । भने, गत आर्थिक वर्षको सोही अवधिमा बैंकमा कस्ट अफ फण्ड ९.४० प्रतिशत र प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा रहेको छ । साथै, गत आवको चौथो त्रैमासमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ८ रुपैयाँ ०४ पैसा र सीडी रेसियो ६६.२० प्रतिशत रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: