काठमाडौँ । नेपाल धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरीले नेप्से इन्डेक्स कुन लेभलमा राख्ने भन्ने विषयको अर्थ मन्त्रालयले प्लानिङ गर्ने गरेको खुलासा गरेका छन् । नियामक नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयवस्तुको बारेमा सरोकारवालाहरुको सुझाव सङ्कलन गर्न आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै गिरीले यस्तो तथ्यको खुलासा गरेका हुन् । आफु कार्यकारी निर्देशक हुँदा मन्त्रालयमा आयोजित छलफलमा यस्तो प्लानिङ्गको प्रस्ताव आएको खुलासा गर्दै उनले हरेक बर्ष महत्वाकांक्षी योजनाहरु बन्ने भएपनि लागु नहुने गरेको स्मरण गर्दै उनले गर्न सकिनेमात्र कामहरुको योजना बनाउनसमेत सुझाव दिए ।
‘म बोर्डको कार्यकारी निर्देशक हुँदा अर्थ मन्त्रालयमा आयोजित छलफलमा यो वर्ष नेप्से परिसूचक कुन लेभलमा राख्ने हो, त्यसको प्लानिङ्ग गर्नुहोस भन्ने कुरा आयो ।’ कार्यक्रममा बोल्दै पूर्व कार्यकारी निर्देशक गिरीले भने, ‘ यो बजार हो, बजारमा डिमाण्ड र सप्लाईको आधारमा मूल्य निर्धारण हुने गर्दछ । नियामकले फेयर रुपमा कारोबार हुने वातावरण बनाउने हो, मूल्य कुन लेभलमा राख्ने भन्ने कुराको निर्धारण गर्ने होइन।’
लगानीकर्ताहरुमा वित्तिय साक्षरताको कमी भएको र बोर्डले लगानी चेतनाको स्तर बढाउनुपर्नेतर्फ बोर्डले विशेष ध्यान दिनुपर्ने बताउँदै उनले लगानीकर्ताका पक्षमा बोर्डले थोरै तर लागु गर्न सकिने योजनाहरु बोकेर अगाडी बढ्नुपर्ने सुझाव दिएका थिए । सो कार्यक्रममा धितोपत्र बजारसँग सम्बन्धित विभिन्न सरोकारवाला व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्