काठमाडौँ । लेनदेन विगो मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । आइतबार अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको टोलीले फरार रहेका विपिन पोखरेललाई पक्राउ गरेको हो ।
बिराटनगर महानगरपालिका ३ स्थायी घर भई हाल भक्तपुर, गट्ठाघर बस्ने पोखरेललाई काठमाडौँ बसुन्धराबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पोखरेललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बिराटनगर पठाईएको छ ।
पोखरेल विरुद्ध रामकृष्ण ताम्राकारले लेनदेन विगो मुद्धामा जाहेरी दिएका थिए । जिलला अदालत मोरङ्ग, बिराटनगरले २०७६ साल पुष २५ गते पोखरेललाई २ वर्ष कैद र १० लाख रुपैँया सजाय सुनाएको थियो । सोही समयदेखी फरार रहेका उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्