×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पिपुल्स पावर कम्पनीको ६ लाख ३२ हजार ६ सय कित्ता आईपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाईन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पिपुल्स पावर कम्पनीको ६ लाख ३२ हजार ६ सय कित्ता आईपीओमा आवेदन दिने म्याद थप, कहिलेसम्म पाईन्छ भर्न ?

Artha Sarokar

२२ असार २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओमा आवेदन दिन म्याद थप भएको छ । प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर साउन ५ गतेसम्म पुर्याइएको हो । कम्पनले गत असार ८ गतेबाट १ सय अंकित मूल्यमा  ६ लाख ३२ हजार ६ सय कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाको  इलाम नगरपालिकाको वडा नं. १ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र यी बाहेक इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आइपीओ जारी गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले पिपुल्स पावर कम्पनीको आइपीओलाई ‘केयरएनपी डबल बी आइएस’ प्रदान गरेको छ । जसले कम्पनीको केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी