काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले देशभरका पेट्रोलियम विक्रेताहरुलाई उधारो कारोबार बन्द गर्न भनेको छ । विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुले उधारोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने गरेको र सो रकम सम्बन्धित पेट्रोलपम्पलाई चुक्ता नगरी पुनः अर्को पेट्रोल पम्पबाट सोही खरिदकर्ताहरुले पुनः उधारो लिने गरेको पाइएकाले एशोसिएशनले उधारो कारोबार बन्द गर्न निर्देशन दिएको हो ।
त्यस्ता खरिदकर्ताहरुलाई पुरानो पेट्रोल पम्पको बाँकी बक्यौता चुक्ता नगरेसम्म कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने र कुनै पनि पेट्रोल पम्पहरुबाट नगदमा समेत पेट्रोलियम पदार्थ उपलब्ध नगराउने चेतावनी समेत दिएको छ ।एशोसिएशनको १२ गते बसेको केन्द्रिय कार्यसमितिको बैठकले पेट्रोलियम पदार्थको खरिद अग्रिम रुपमा नगद भुक्तानी गरेर मात्र हुने हुँदा बिक्री बितरण पनि नगदमा मात्र गर्न गराउने निर्णय गरेको थियो । एशोसिएशनका अनुसार साउनबाट उधारोमा कारोबार नगर्न र नगराउन निर्देशन जारी गरिएको हो ।
साथै यस अघि एउटा पेट्रोल पम्पसँग लिइएको उधारो भक्तानी नगरी अर्को पेटोल पम्पबाट पुनः उधारोमा कारोबार गर्ने वा लामो समयदेखि उधारो रकम भुक्तानी समेत नगर्ने खरिद कर्ता व्यक्ति फर्म, कम्पनी तथा कार्यालयहरुको बिबरण महिना भित्र एशोसिएशनमा उपलब्ध गराउन सदस्य बिक्रेताहरुलाई आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्