×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अघिल्लो वर्षको तुलनामा प्रभु बैंकको खुद नाफा ५१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

GLOBAL IME BANK

अघिल्लो वर्षको तुलनामा प्रभु बैंकको खुद नाफा ५१ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ? (विवरणसहित)

७ श्रावण २०७९, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु बैंक लिमिटेडको खुद नाफामा ५१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.११ प्रतिशत बढी हो ।

त्यस्तै बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा बैंकको खुद ब्याज आम्दानी २३.०३ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानीमा पनि २६.७६ प्रतिशत वृद्धि भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको कुल सञ्चालन आम्दानी १८.३६ प्रतिशत र सञ्चालन मुनाफा ४७.७५ प्रतिशत वृद्धि भएको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ३० पैसा बढेर २० रुपैयाँ ४६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १६ पैसा रहेको छ । त्यस्तै बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष २३.८२ प्रतिशत बढेको छ । बैंकको निक्षेप ८.३७ प्रतिशत र कर्जा ८.०३ प्रतिशत बढेको बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: