×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जरको सम्झौता !

PRIME CA

प्रभु र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जरको सम्झौता !

अर्थ सरोकार

प्रकाशित मिति : १५ श्रावण २०७९, आईतवार

प्रभु र सेञ्चुरी कमर्सियल बैंकबीच मर्जरको सम्झौता भएको छ । केहि समय अगाडी काठमाडौँको होटल मेरियटमा सो सम्झौता भएको हो । अव प्रभुले सेन्चुरीलाई १:१ रेसियोमा प्राप्ति गर्नेछ ।

सम्झौता अनुसार बैंकको सीइओमा अशोक सेरचन रहनेछन् भने बैंकको नाम प्रभु बैंक नै रहनेछ । बैंकको सिनियर डेपुटी सीइओमा सेन्चुरीका मनोज न्यौपाने रहनेछन् भने बैंकको अध्यक्ष प्रभुकै तर्फबाट रहनेछन् । सेन्चुरीका तर्फबाट दुईजना संचालकले बैंकमा प्रतिनिधित्व गर्नेछन् ।
सेन्चुरीका कुनै पनि स्टाफको पनि खाईपाई आएको सुविधा कटौती हुने छैन । यद्यपी पदमा भने केहि ‘एडजष्टमेन्ट’ हुने बुझिएको छ ।
अव प्रभु र सेन्चुरी एक भएसँगै प्रभु क्यापिटल र सेन्चुरी क्यापिटल मार्केट्स पनि एक हुनेछन् ।
केहि समय अगाडी कुरा बिग्रिएको भएपनि अर्थ सरोकारले मर्जर कमिटीले १:१ रेसियोमा मर्जरको लागि सिफारिस गरेको डकुमेन्ट सार्वजनिक गरिदिएपछि सेन्चुरीलाई मर्जरमा जान थप दबाब परेको थियो।
प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
दुई बैंक मर्जरपछि २२ अर्ब २२ करोड चुक्ता पुँजी कायम हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: