×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दक्षिण कोरियामा आयातित सामानको लगातार मूल्यवृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दक्षिण कोरियामा आयातित सामानको लगातार मूल्यवृद्धि

रासस

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उर्जाको उच्च मूल्यका कारण दक्षिण कोरियामा आयातित सामानको मूल्यमा लगातार दोस्रो महिना पनि वृद्धि भएको यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको छ । बैंक अफ कोरिया (बीओके) का अनुसार जून महिनामा आयात मूल्य सूची १५४.८४ रहेकोमा यो एक महिना पहिलेको भन्दा ०.५ प्रतिशतको वृद्धि भएको छ ।

अघिल्लो बर्षको उक्त अवधिमा भन्दा यो सूचकाङ्क ३३.६ प्रतिशतले वृद्धि भएको छ । युरोपमा भौगोलिक जोखिमको कारण वस्तुको भाउ बढेकोले मे महिनामा ३.८ प्रतिशत बढेको र यसले दोस्रो महिना पनि निरन्तरता पाएको हो ।

दक्षिण कोरियाको बेन्चमार्क मानिने दुबईमा कच्चा पदार्थ जून महिनामा औसत ११३.२७ अमेरिकी डलर पुगेको छ जुन एक महिना पहिलेको भन्दा ४.७ प्रतिशतको वृद्धि हो । आयात गरिएका खानी उत्पादनको मूल्य मासिक आधारमा जून महिनामा ३.८ प्रतिशतले वृद्धि भएको तर औसत वस्तुको मूल्य १.५ प्रतिशतले घटेको देखिएको छ ।

आयातित पूँजीगत वस्तुको मूल्य गत महिना ०.१ प्रतिशत थपिए पनि उपभोक्ता मूल्य भने अपरिवर्तित रहेको तथ्याङ्कले देखाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी