काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत विद्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयोग गरेको छ । नेपाल सरकारका परराष्ट्र मन्त्रि डा. नारायण खड्काको प्रमुख आतिथ्यमा एक कार्यक्रम विच स्कुलमा पुगि हस्तान्तरण गरिएको हो। डा. खड्काको पहलमा कम्पनीले सहयोग गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रि डा. खड्काले आफ्नो गृह वडाका विध्यालयलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरेका थिए । उनले विध्यालयको शैक्षिक गुणस्तरबृद्धिको लागी आफुले सक्ने सहयोग गर्ने बताए । साथै कम्पनीलाई आफनो पहलमा सहयोग गरेकोमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यबाद ज्ञापन समेत गरेका थिए ।
कार्यक्रमका कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसै गरी शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशिल भएकोले सामाजिक उत्तरदायित्व अन्तर्गत मन्त्रिको पहलमा स्कुल तथा विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरेका थिए । स्कुल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले केहि थप हौसला मिलेको बताउँदै मन्त्री तथा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्षमण ज्ञवालि, मन्दिल अधिकारी, हरि बहादुर खड्का, बिकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक विद्यार्थी लगायत विभिन्न क्षेत्रका ५०० जना भन्दा बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्