×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको २३ लाख ६६ हजार २४० कित्ता आइपीओ बिक्री खुल्ला हुँदै, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

अर्थ सरोकार

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार

PRIME CA

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको २३ लाख ६६ हजार २४० कित्ता आइपीओ बिक्री खुल्ला हुँदै, कहिलेदेखि दिन पाइन्छ आवेदन ?

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ लाख ६६ हजार २४० कित्ता आइपीओ जारी गर्न भएको हो ।

कम्पनीले स्थानियलाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ जारी गर्न लागेको छ । यो मध्ये १ लाख १८ हजार ३१२ कित्ता सामुहिक लगानी कोष र ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले साउन १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सिआस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले राप्ती हाइड्रोको आइपीओलाई ‘कियरएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: