×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८ कक्षा पास गरेकालाई नेपाल राष्ट्र बैंकमा जागिरका अवसर, यस्ता छन् आवश्यक योग्यता तथा अनुभव

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ असार २०७९, बुधबार

PRIME CA
laxmi sunrise bank

८ कक्षा पास गरेकालाई नेपाल राष्ट्र बैंकमा जागिरका अवसर, यस्ता छन् आवश्यक योग्यता तथा अनुभव

काठमाडौं । ८ कक्षा पास गर्नेहरुका लागि नेपाल राष्ट्र बैंकले जागिर खुलाएको छ । राष्ट्र बैंकले करारमार्फत् १६ जना सुरक्षागार्ड र २१ जना सवारी साधन चालक गरी जम्मा ३७ जनाका लागि जागिर खुलाएको हो ।

सुरक्षागार्डका लागि नेपाली सेनाबाट पिपा वा सोभन्दा एक तहमाथि काम गरी निवृत्तिभरण प्राप्त गर्ने गरी अवकाश पाएको हुनुपर्नेछ । यस्तै सवारी चालकका लागि बैंक तथा वित्तीय संस्था वा नेपाल सरकार निकायमा १० वर्षसम्म सवारी चलाएको र सवारी चालक अनुमतिपत्र नवीकरण गरेको हुनुपर्नेछ ।

दरखास्त दिने उम्मेदवार ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने निवेदनमा उल्लेख छ । यस्तै लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता गरेर उम्मेदवार छनोट गरिनेछ भन उम्मेदवारहरुको संंख्या १००भन्दा कम भएमा प्रयोगात्मक र अन्तर्वार्ताबाट मात्रै छनोट गरिनेछ ।

इच्छुकले आगामी साउन ४ गतेभित्र अनलाइनमार्फत् आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकले सुरक्षागार्डका लागि केन्द्रीय कार्यालयका लागि ३ जना, जनकपुर कार्यालयका लागि १ जना र सुर्खेत, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, बिराटनगरका लागि २/२ जनाका दरले जागिर खुलाएको हो ।

यता हलुका सवारी चालकमा केन्द्रीय कार्यालयका लागि १२ जना, जनकपुर र पोखराका कार्यालयका लागि १/१ जनाका लागि जागिर खुलाएको छ । त्यसैगरी बस चालकका लागि भने केन्द्रीय कार्यालयका लागि २ जना र जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर र धनगढी कार्यालयका लागि १/१ जनाका लागि जागिर खुलाएको हो । अनलाइन आवेदन बैंकको बेवसाइटमार्फत् दिन सकिने एको छ भने आवेदन दिएपछि स्वीकृति नामावली साउन ११ गते वेवसाइटमा प्रकाशित गर्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: