×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यस्तो छ राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठसहित)

Artha Sarokar

६ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार कार्यक्रमकाबीच राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उक्त  नीति तथा कार्यक्रममा राष्ट्र बैंकले कोरोनाको कारण स्थगित भएको काउन्टर साइक्लिकल बफर लागू गर्ने भएको छ । यस्तै बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याइएको छ ।

राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ । आर्थिक वष २०७९/८० सालको मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरेको जनाएका छन् । यसैगरी गभर्नर अधिकारीले कर्जा विस्तृत मुद्रा प्रदायकको कर्जा विस्तार १२ प्रतिशत र निजी क्षेत्रमा प्रवाह हुने कर्जा प्रवाह वृद्धि १२.६ प्रतिशत हुने प्रक्षेपण गरेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात (सीआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । यसको अर्थ अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ ।

मौद्रिक नीतिको पूर्ण पाठ हेर्नुहोस् :Monetory_policy_2079-080

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी