×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थपियो रसुवागढी हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय, लगानीकर्ताहरुले अब कहिलेसम्म पाउँछन् भर्न ?

अर्थ सरोकार

प्रकाशित मिति : २७ असार २०७९, सोमबार

PRIME CA

थपियो रसुवागढी हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय, लगानीकर्ताहरुले अब कहिलेसम्म पाउँछन् भर्न ?

काठमाडौं । रसुवागढी हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीको आइपिओमा अब साउन १० गतेसम्म आवेदन दिन सकिने गरि समय थप गरिएको हो । आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरिएको कम्पनीको आइपीओमा अब साउन १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले असार १३ गतेबाट आयोजना प्रभावितलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले स्थानीय बासिन्दाहरुलाई १ सय अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे  तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं.४ गोल्जुङ र वडा नं ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ३ बृद्धम, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्नेछन ।

यस्तै, सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: