×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायबलका कर्मचारी भागे, जीवन बीमा नगर्न उर्दी !

काठमाडौं । बेला बेलामा अनेक काण्ड परिरहने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कर्मचारी भागेका छन् । ओखलढुङ्गा शाखाका एक कर्मचारी कार्यालयको सम्पर्कमा नआएको भन्दै कम्पनीले निजसँग बीमा नै नगर्न उर्दी जारी गरेपछि यस्तो तथ्य बाहिरिएको हो । कम्पनीले शुक्रबार एक सूचना प्रकाशित गर्दै ती कर्मचारी वैशाख २८ गतेदेखि कार्यालयको सम्पर्कमा नरहेको बताएको हो ।

प्रकाशित सूचनामा डिएम दाहालसँग सम्बन्धित कुनै पनि किसिमको जीवन बीमा लगायतका आर्थिक काम नगर्न भनिएको छ ।

ओखलढुंगाा शाखाका एक कर्मचारीका अनुसार बीचमा ती कर्मचारीलेएकपटक कार्यालय आएर चाबी छोडेर गएका थिए । तर कम्पनीको अनुसार करिब २-३ महिनायता सम्पर्कमा नआएको र आधिकारीक रुपमा लिखित राजिनामा पत्र भने पेश नगरेको कम्पनीले जनाएको छ ।

यता कम्पनीका भागेका कर्मचारी भनिएका व्यक्तिका आफन्तले भने उनी भागेको नभई कम्पनीका केहि कर्मचारीले उनको बेइज्जत गर्न केहि संचारमाध्यममा समाचार पठाएको आरोप लगाएका छन् ।

यसअघि यो कम्पनी लेखापरीक्षण प्रकरणमासमेत विवादित बनेको थियो  । कम्पनी नामकै विषयमा पनि लामो समयदेखि विवादित कम्पनी हो । बीमा गर्न सजिलो हुन्छ भनेर नेपाल लाइफसँग नाम जुधाएको आरोप लाग्ने गरेको यो कम्पनी छिट्टै नै अर्को एक कम्पनीसँग मर्जरमा जाँदैछ । आइएमई ग्रुपको लगानी रहेको यो कम्पनी आइएमई ग्रुपकै लगानी रहेको अर्को कम्पनीसँग मर्जरमा जान लागेको हो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: