×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देख्न बाँकी यति थियो, देखियो… ! कारोबारमै नरहेको कम्पनीको सेयर मूल्यमा सर्किट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देख्न बाँकी यति थियो, देखियो… ! कारोबारमै नरहेको कम्पनीको सेयर मूल्यमा सर्किट !

Artha Sarokar

१३ श्रावण २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रिलायन्स र सानिमा लाइफ इन्सुरेन्सले मर्जर सम्झौता गरेपछि गत असार २९ गतेदेखि यी दुवै कम्पनीको सेयर करोबार रोक्का भएको थियो । मर्जर सम्झौता पछि कारोबार रोक्का रहेको रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर शुक्रबार नेप्सेमा कारोबार भएको देखिएको छ । कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट समेत लागेको  हो। कम्पनीको फ्लोरसिट हेर्दा ६१० कित्ता सेयर किनबेच हुँदा २ लाख २४ हजार १ सय २६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कम्पनीको सेयर कारोबार कसरी भयो भन्ने बिषयमा अनुसन्धान अघि बढाइएको नेप्सेले जानकारी गराएको छ । प्राविधिक त्रुटिका कारणले नै कम्पनीको कारोबार भएको भएपनि कसरी उक्त त्रुटि भयो भन्ने अध्ययन भइरहेको नेप्सेका एक अधिकारीले जानकारी गराएका छन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी