×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

म्याग्दीमा जरिवानाबाट ६४ लाख राजस्व सङ्कलन 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

म्याग्दीमा जरिवानाबाट ६४ लाख राजस्व सङ्कलन 

रासस

४ श्रावण २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्याग्दी । म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार ४५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु. ६३ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ ।

प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व सङ्कलन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक इन्द्रबहादुर नेपालीका अनुसार एक हजार ९५३ मोटरसाइकल चालकलाई कारबाही गर्दा रु. १४ लाख ४३ हजार, एक हजार ३४४ ट्र्याक्टर चालकबाट रु. आठ लाख ९९ हजार, चार हजार ४३६ जिप/कार चालकबाट रु. २९ लाख ६२ हजार, ५३६ बस चालकबाट रु. तीन लाख २५ हजार र एक हजार १८१ ट्रक चालकबाट रु. सात लाख ६२ हजार जरिवाना असुली भएको छ ।

सबैभन्दा बढी वैशाखमा एक हजार २५० सवारीसाधनका चालकलाई कारबाही गर्दा रु. नौ लाख १५ हजार जरिवाना असुली भएको नेपालीले जानकारी दिए । आव २०७७/७८ मा चार हजार ८५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु. ३० लाख ७३ हजार राजस्व सङ्कलन भएको थियो । आव २०७६/७७ मा तीन हजार ६०० सवारीसाधनका चालकलाई कारबाही गरेर रु २२ लाख १९ हजार, २०७५/७६ मा ६ हजार २०० सवारीसाधनका चालकबाट रु ४१ लाख ९३ हजार तथा आव २०७४/७५ मा आठ हजार ४०० सवारीसाधनका चालकबाट रु. ५७ लाख ६६ हजार राजस्व सङ्कलन गरिएको नेपालीले बताए ।

गत वर्ष म्याग्दीमा भएका १८ दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । नौ जना गम्भीर र नौ सामान्य घाइते भएका थिए । प्रहरी नायब निरीक्षक नेपालीले जाँचका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउन चालक, यात्रु र नागरिक लक्षित कार्यक्रम गर्दै आएको बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी