×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थुङ्गे–घतान–पाखापानी सडक एक साताका लागि बन्द, सडक स्तरोन्नतिको काम हुदैँ

PRIME CA
GLOBAL IME BANK

अर्थुङ्गे–घतान–पाखापानी सडक एक साताका लागि बन्द, सडक स्तरोन्नतिको काम हुदैँ

२० असार २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

गलेश्वर । म्याग्दीको बेनी–अर्थुङ्गे–पाखापानी ग्रामीण सडक आजदेखि एक साताका लागि बन्द गरिएको छ । सडका विस्तार तथा स्तरोन्नतिका लागि सडक बन्द गरी तीव्ररुपमा सडक मर्मतको काम अघि बढाइएको हो ।

अठार किलोमिटर सडकखण्डअन्तर्गत बेनी नगरपालिका–६ काफलबोट र बेनी नगरपालिका–९ माटो बिसौनामा अहिले निर्माणकार्य भइरहेको र सडक एक साताभित्रमा मर्मत तथा स्तरोन्नति गरी सवारी साधन सञ्चालन गरिने बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए ।

वडाध्यक्ष केसीका अनुसार सडक मर्मत तथा स्तरोन्नतिका लागि सहरी विकास तथा ढल निकास आयोजना बागलुङ र कार्यशक्ति कन्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालिबीच रु .२८ लाख २३ हजारमा सम्झौता भई काम अगाडि बढाइएको हो ।

यसैबीच बेनी नगरपालिका–९ वडा कार्यालयले आज एक सूचना जारी गर्दै बन्द अवधिभर बेनी–गलेश्वर–काउलेगौडाको सडक प्रयोग गरी निर्माण कार्यलाई सघाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । सडकखण्डमा ढलान, ग्याबिन जालीसहित अन्य संरचना निर्माणको काम भइरहेको वडाध्यक्ष केसीले बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: