Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्तको नाफा घट्यो, ईपिएसमा पनि गिरावट, कस्ता छन् अन्य सूचकहरु ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ११ करोड ७० लाख रुपैँया खुद नाफा कमाएको लघुवित्तले गत वर्ष भने नाफामा ०.८३ प्रतिशतले गिरावट आउँदै ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तमा सञ्चालन खर्च र कर्मचारी खर्च बढेपछि नाफा घटेको लघुवित्तको प्रक्षेपण रहेको छ ।

तर समिक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा भने वृद्धि भएको छ । सो अवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा १९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै लघुवित्तको सञ्चालन आम्दानीमा पनि २३.८६ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ ।

गत वर्षको समिक्षा अवधिसम्ममा लघुवित्तको ईपिएस ९ रुपैयाँ ४२ पैसाले घटेर ३६ रुपैयाँ १५ पैसामा सिमित भएको छ । त्यस्तै लघुवित्तको मूल्य आम्दानी अनुपात ३०.१८ गुणा रहेको छ भन प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ७० पैसा रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेको छ भने जगेडा कोष ३०.७८ प्रतिशत बढेको छ भने लघुवित्तको सापटी ३३.५० प्रतिशत, निक्षेप ६०.७० प्रतिशत र कर्जा ६५.१० प्रतिशत बढेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK